close

म्याक बुक एयर तथा आईप्याड एयर खरिद गर्ने विद्यार्थीलाई एयरपड निःशूल्क

टेकपाना टेकपाना

असार २, २०७७ १४:३२

म्याक बुक एयर तथा आईप्याड एयर खरिद गर्ने विद्यार्थीलाई एयरपड निःशूल्क

काठमाडौं । कोरोना भाइरसका कारण अनलाइन शिक्षाले प्रथामिकता पाएसँगै एप्पलले स्कूल मार्केटिङ सुरु गरेको छ । कम्पनीले एप्पल एजुकेसन स्टोरबाट म्याक बुक एयर तथा आईप्याड एयर खरिद गर्दा विद्यार्थीलाई निःशूल्क रुपमा एयरपड (वायरलेस हेडफोन) उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार एप्पल एजुकेसन स्टोरबाट ८९९ डलर पर्ने म्याक बुक एयर अथवा ४७९ डलर पर्ने आईप्याड एयर खरिद गर्दा ९० डलर पर्ने एयरपड निःशूल्क उपलब्ध हुनेछ । एप्पल एजुकेसन स्टोरले विद्यार्थीलाई अन्य स्टोरको तुलनामा सस्तो मूल्यमा ग्याजेट उपलब्ध गराउँदै आएको छ ।

एप्पलका अनुसार यो अफर म्याकबुक प्रो, आईप्याड प्रो लगायतका ग्याजेटको खरिदमा समेत निःशूल्क रुपमा एयरपड उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१