close

एल क्याट्रन बन्यो जियोको दशाैं लगानीकर्ता, लगानी संकलनमा विश्व कीर्तिमान

टेकपाना टेकपाना

असार २, २०७७ १३:१५

एल क्याट्रन बन्यो जियोको दशाैं लगानीकर्ता, लगानी संकलनमा विश्व कीर्तिमान

एजेन्सी । विश्वको सबैभन्दा ठूलो उपभोक्ता केन्द्रीत निजी इक्युटी कम्पनी एल क्याट्रनले भारतीय टेलिकम कम्पनी जियोको ०.३९ प्रतिशत स्वामित्व खरिद गरेको छ । उक्त शेयरका लागि उसले १,८९४. ५० करोड भारतीय रुपैँया अर्थात ३० अर्ब ३१ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । 

सात हप्ताको अवधिमा रियलायन्स इन्डस्ट्रिजको डिजिटल युनिटमा यो दशाैं लगानी हो । जियोले हालसम्म आफ्नो २२.३८ प्रतिशत शेयर बिक्री गरिसकेको छ । कम्पनीले विश्वका ठूला ठूला प्रविधि कम्पनीहरुलाई कूल १०४, ३२६.६५ करोड भारतीय रुपैयाँ अर्थात १६ खर्ब ६९ अर्ब २२ करोड ६४ लाख रुपैयाँमा उक्त शेयर बिक्री गरेको हो । 

जियोको यो लगानी संकलन विश्वको सबैभन्दा ठूलो लगानी संकलन हो । जियोले गत अप्रिल २२ मा फेसबुकलाई ४३ हजार ५७४ करोड भारतीय रुपैयाँमा ९.९९ प्रतिशत शेयर स्वामित्व बिक्री गरेको थियो । 

त्यसयता जनरल अटलान्टिक, सिल्भर लेक, भिस्टा इक्युटी पार्टनर, केकेआर, मुबादाला इन्भेष्टमेन्ट कम्पनी, एडीआईए र टीपीजी समेत जियोमा लगानी गर्न लामबद्ध भएका छन् । 

एल क्याट्रनसँग उपभोक्ता केन्द्रीत व्यवसाय निर्माण गर्ने लामो अनुभव भएको हुँदा भारतमा डिजिटल नेतृत्व सम्हाल्न प्रविधि र उपभोक्ता अनुवभमा सँगसँगै काम गर्नुपर्ने रियलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१