close

ह्वावेप्रति अमेरिकाको नरम नीति, फाइजीमा सहकार्य गर्न खुल्ला

टेकपाना टेकपाना

असार २, २०७७ १७:३१

ह्वावेप्रति अमेरिकाको नरम नीति, फाइजीमा सहकार्य गर्न खुल्ला

काठमाडौं । अमेरिकाले आफ्ना कम्पनीहरुलाई फाइभजीका लागि ह्वावेसँग सहकार्य गरी काम गर्ने बाटो खुल्ला गरेको छ । यसअघि ह्वावेसँग कुनै पनि कार्य गर्न प्रतिबन्ध लगाएको अमेरिकाले त्यसमा परिमार्जन नरम नीति लिएको हो ।

यतिसम्म कि अमेरिकाले सेमिकन्डक्टर (चिप) निर्माण गर्ने कम्पनीले उत्पादन गरेका चिपसेट समेत ह्वावेलाई उपलब्ध गराउनुपूर्व आफ्नो स्वीकृति लिनुपर्नेसम्मको निर्देशन दिएको थियो । तर, पछिल्लो परिमार्जित नीति अनुसार अमेरिकी कम्पनीहरुले अब फाइभजी प्रविधिको विकास र अनुसन्धानमा ह्वावेसँग सहकार्य गर्न पाउने भएका छन् ।

‘यो नीति परिमार्जको अर्थ ह्वावेको विरुद्धमा सरकार सकारात्मक भएको चाहिँ होइन,’ अमेरिकाका वाणीज्य सचिव विल्वर रोसले भनेका छन्, ‘फाइभजी र आर्टिफिसियल इन्टेलिजेन्स, अटोनोमस लगायतका प्रविधिमा ह्वावेको आफ्नो छुट्टै पहिचान छ । त्यस किसिमका प्रविधिको विकास र अनुसन्धानमा अमेरिकी कम्पनीहरुले योगदान पुर्‍याउन सकुन भन्ने हो ।’

उनले भनेका छन्, ‘अमेरिकाले विश्वव्यापीरुपमा भइरहेको नवीन प्रविधिको विकासलाई कहिल्यै पनि रोक्ने गरेको छैन । यो निर्णयले उल्टै अमेरिकालाई आर्थिक र सुरक्षाको हिसाबले अझ बलियो पार्न मद्दत गर्ने विश्वास हामीले लिएका छौं ।’

रोसले आफूहरु सधैं देशको राष्ट्रिय सुरक्षा र वाह्य नीतिमा सजग रहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसैअन्तर्गत रहेर हामीले हाम्रा कम्पनीहरुलाई अन्तराष्ट्रिय मान्तया प्राप्त गर्नका लागि अन्य देशका कम्पनीसँग सहकार्य गर्ने बाटो खोलिदिएका हौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१