close

सामसङको पहिलो सेन्सर सार्वजनिक

टेकपाना टेकपाना

असार ३, २०७७ १३:२५

सामसङको पहिलो सेन्सर सार्वजनिक

काठमाडौं । सेमिकण्डक्टर प्रविधिको विश्वकै नेतृत्वदायी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सामसङ आईएसओ सेल जीएन वान इमेज सेन्सर सार्वजनिक गरेको छ । उक्त इमेज सेन्सरमा ५० मेगापिक्सेल र १.२ माइक्रोमिटरको सेन्सर रहेको छ । 

आईएसओ सेल जीएन वान सामसङको पहिलो इमेज सेन्सर हो । जसमा दुवै डुअल पिक्सेल र टेट्रासेल प्रविधि छ । जीएन वानको पिक्सेल साइज तुलनात्मक रुपमा ठूलो छ । जसले इमेज सेन्सरको पर्फमेन्सलाई नयाँ स्तरमा पुर्‍याएको छ । 

जसमा स्टेलर लो लाइट फोटोका लागि इलिभेटेड लाइट सेन्सिटिभिटी तथा विविध किसिमका अप्टिमाइज तस्वीर अनुभवका लागि डीएसएलआर स्तरको अटो फोकस स्पीडको संयोजन समेत छ ।  

सामसङको नवीन पिक्सेल प्रविधिका कारण यसले उच्च गुणस्तरयुक्त इमेज सेन्सरको काम गरेको छ । आईएसओसेल जीएन वानले सबै किसिमको वातावरणमा उच्च गुणस्तरको फोटो बनाउन मद्दत गर्दछ । 

अहिलेको समयमा स्मार्टफोन प्रयोगकर्ताहरु आफ्ना हरेक क्षणलाई कैद गर्नका लागि क्यामेरामा अब्बल गुण दिनसक्ने स्मार्टफोनहरु चयन गर्छन् ।

प्रयोगकर्ताहरुको क्यामेराप्रतिको अनेक किसिमको भोक पूरा गर्न स्मार्टफोन निर्माता कम्पनीहरु कहिले अल्ट्रा हाई रेजोलुसन युक्त विस्तृत तस्वीरको गुणस्तरमा केन्द्रीत भइरहेका छन् । जसले कम उज्यालो भएको ठाउँमा पनि राम्रो गुणस्तरीय फोटो खिच्नसक्ने धेरै पिक्सेल निर्माण गरिरहेका छन् । 

तर सामसङको आईएसओ सेल जीएन वानले डुअल पिक्सेल र टेट्रासेल प्रविधिबाट स्मार्टफोन प्रयोगकर्ताहरुको सबै किसिमको चाहनालाई सम्बोधन गरेको छ । 

जीएन वानमा दश करोड फेस डिटेक्सन अटो फोकस पीडीएएफ एजेन्ट सहितको सर्वोत्कृष्ट अटोफोकसिङ छ ।

सामसङको डुअल पिक्सेल प्रविधिले दुईवटा फोटोडियोडिसलाई एउटा सिंगल पिक्सलभित्र राखिदिएको छ । उक्त सिंगल पिक्सलले फेस डिटेक्सनका लागि विभिन्न एंगलबाट लाइट रिसिभ गर्न सक्छ ।

अटोफोकसिङ एजेन्टको रुपमा काम गर्ने यी सबै सेन्सरको एक्टिभ पिक्सेलका कारण जीएन वानले जुनसुकै कोण वा जुनसुकै प्रकाशको अवस्थामा समेत मन परेको स्थिर वा गतिशिल वस्तुलाई डिटेक्ट तथा फोकस गर्न सक्छ । 

साथै सामसङले सफ्टवेयर अल्गोरिदम समेत प्रदान गरेको छ । जसले प्रत्येक फोटोडियोडबाट प्रकाशको जानकारी लिएर सय मेगापिक्सेल बराबरको इमेज रेजोलुसन दिनसक्छ । 

यस्तै लो लाइट फोटोग्राफीका लागि जीएन वानले टेट्रासेल प्रविधि प्रयोग गर्दछ । यो एउटा पिक्सेल मर्ज गर्ने प्रविधि हो । जसले धेरै लाइट क्याप्चर तथा प्रोसेस गर्न पिक्सेलको क्षमतालाई सुधार गर्दछ ।

यसले चारवटा पिक्सेल सिग्नललाई एउटामा मर्ज गरिदिन्छ । टेट्रासेलले इमेज सेन्सर पिक्सेल साइजलाई २.४ मेट्रोमिटरबाट दुईगुणाले बढाउँछ र लाइट सेन्सिटिभिटीलाई चार गुणाले बढाएर १२.५ मेगापिक्सेलको चहकिलो फोटोग्राफ निकाल्दछ । 

सुधारिएको लाइट सेन्सिटिभिटी र शक्तिशाली अटो फोकसिङ सोलुसनको समायोजनका कारण जीएन वानले कम उज्यालोमा पनि वस्तुलाई तुरुन्तै फोकस गर्नसक्छ । जसले गर्दा फोटो चहकिलो र उज्यालो आउँछ ।

साथै डुअल पिक्सेल र टेट्रासेल प्रविधिको अलावा जीएन वानमा स्मार्ट आईएसओ पनि छ । जसले सर्वाधिक आईएसओ, रियल टाइम एचडीआरलाई चयन गर्नसक्छ ।

साथै यसमा जाइरोमा आधारित इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन ईआईएस पनि छ । यसले गतिशिल वस्तुको पनि चहकिलो तस्वीर तथा भिडियो लिनसक्छ ।

प्रिमियम भिडियो क्वालिटीको कुरा गर्दा यसले प्रति सेकेण्ड ३० फ्रेममा एटके रेजोलुसनको भिडियो रेकर्ड समेत  गर्नसक्छ । सामसङको आईएसओ सेल जीएन वानको उत्पादन यहि महिनाबाट सुरु हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१