close

स्वास्थ्य जाँच गर्न सकिने एप बनाउन महाबिर पुनको आह्वान, आवश्यक खर्च आविष्कार केन्द्रले व्यहोर्ने

टेकपाना टेकपाना

असार ३, २०७७ १५:३७

स्वास्थ्य जाँच गर्न सकिने एप बनाउन महाबिर पुनको आह्वान, आवश्यक खर्च आविष्कार केन्द्रले व्यहोर्ने

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्य सम्बन्धी एप बनाउन आह्वान गरेका छन् । पुनले चिकित्सकहरुको सल्लाहमा मोबाइल एप बनाउन आह्वान गर्दै त्यसका लागि आवश्यक खर्च आविष्कार केन्द्रले उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनका अनुसार एप बिरामी आफैले मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा र रक्तचाप नाप्न सक्ने किसिमको हुनुपर्नेछ । जुन विवरण स्वचालित रुपमा डाक्टरहरु समक्ष पुग्ने प्रणाली समेत हुन आवश्यक छ ।

पुनले बजारमा हाल उपलब्ध एपहरुको अध्ययन गरेर आविष्कारकहरुले एप विकास गर्न सक्नेछन् । डाक्टरहरुलाई उदृत गर्दै उनले भनेका छन्, ‘यस्तो एप बनाउन सकियो भने अहिलेको कोरोना महामारीमा पनि धेरै उपयोगी हुनेछ र एप विकास गर्नेहरुले आम्दानी समेत गर्न सक्नेछन् ।’

कम्तीमा चार जनाको टिम मिलेर संक्षिप्त अवधारणापत्र आफूलाई पठाउन पुनले आग्रह गरेका छन् । यहाँ क्लिक गरेर सिर्जनशील युवाहरुले एप विकासका लागि पुन समक्ष आफ्नो अवधारणा पत्र पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१