close

१५ करोडमा काठमाडौं-निजगढ फास्ट ट्र्याकमा अप्टिकल फाइबर डक्ट राखिने

टेकपाना टेकपाना

असार ३, २०७७ १९:३८

१५ करोडमा काठमाडौं-निजगढ फास्ट ट्र्याकमा अप्टिकल फाइबर डक्ट राखिने

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा अप्टिकल फाइबर कनेक्टिभिटीको व्यवस्था गर्न डक्टिङ गर्ने भएको छ । नियामकले आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक कार्यक्रममार्फत यस्तो योजना अगाडि सारेको हो ।

भर्खरै प्राधिकरण बोर्डबाट पारित भएको कार्यक्रममा फास्ट ट्र्याकमा फाइबर डक्ट राख्नका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । योजना अनुसार नियामकले आगामी कात्तिक मसान्तसम्ममा नेपाली सेनासँग समन्वय गरी बोलपत्र तयार गरी ठेकेदार कम्पनी छनौट गर्नेछ ।

आगामी आर्थिक वर्षको अन्त्यसम्ममा परियोजना सम्पन्न हुने अपेक्षा गरिएको छ । प्राधिकरणको नियमित तर्फ नयाँ कार्यक्रमको रुपमा अगाडि सारिएको यो परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि कार्यान्वयमा जानेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१