close

अब सस्तो मूल्यमै फाइभजी मोबाइल

टेकपाना टेकपाना

असार ४, २०७७ १०:२

अब सस्तो मूल्यमै फाइभजी मोबाइल

एजेन्सी । फाइभजी स्मार्टफोन चिपसेटको कुरा गर्दा क्वालकमको स्नापड्रागन ८६५ लाई उत्कृष्ट मानिन्छ । यसको एउटा कमजोरी भनेको यो जति शक्तिशाली छ, त्यत्ति नै महंगो पनि ।

तर  क्वालकमले ल्याएको नयाँ स्नापड्रागन ६९० चिपसेट भने केही फरक छ । यो चिपसेट अब कुनै पनि फ्ल्यागशिप फोनको साटो थोरै मूल्य पर्ने फोनहरुमा समेत प्रयोग प्रयोग हुनेछ ।

स्नापड्रागन ८६५ चिपसेट प्रयोग भएका स्मार्टफोनहरु जस्तै वान प्लस एट र ग्यालेक्सी एस ट्वान्टी सिरिजको मूल्य सात सय डलरदेखि माथि छ । ८६५ भन्दा न्यून स्तरको मानिने फाइभजी सपोर्ट गर्ने स्नापड्रागन ७६५ को मूल्य पाँच सयदेखि सात सय डलरबीच रहेको छ । 

अपवादमा फाइभजी सपोर्ट गर्ने टीसीएल टेनको मूल्य भने चार सय डलरसम्म पर्छ । यसैबीच नयाँ आएको एलटीई सपोर्ट गर्ने स्नापड्रागन  ६७५ राखिएका फोनहरु तीन सयदेखि चार सय डलरबीचको मूल्यमा पाउन सकिन्छ ।

क्वालकमले आफ्नै फोन निर्माण नगर्ने हुँदा स्नापड्रागन ६९० प्रयोग भएका फोनको यकिन मूल्य थाहा पाउन अहिले नै सम्भव छैन । तर यो चिपले सस्तो फाइभजी फोनको युग आइसकेको संकेत गरेको छ । 

स्नापड्रागनको छैटौं सिरिजमा फाइभजीलाई विस्तार गरेर विश्वभरका दुई अर्ब स्मार्टफोन प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधि पहुँचयोग्य बनाउन लागिएको क्वालकमका अध्यक्ष क्रिस्चियानो अमोनले बताएका छन् ।

तर यो चिपसेटले कस्तो किसिमको फाइभजीलाई सपोर्ट गर्छ भन्ने एउटा प्रश्न छ । स्नापड्रागन ६९० ले स्नापड्रागन ७६५ र ८६५ ले जस्तै वायरलेस क्यारियर तथा मोबाइल सेवा प्रदायकहरुले ठूलो लगानी गरेको एमएम वेब नेटवर्कमा काम गर्दैन । 

यसले सब सिक्स फाइभजी नेटवर्कलाई मात्र सपोर्ट गर्दछ । ग्लोबल मोबाइल सप्लायर्स असोसिएसनका अनुसार फाइभजी डिभाइस भनिएका मध्ये ३० प्रतिशत डिभाइसहरुले मात्र उच्च गतिको एमएम वेब नेटवर्कलाई सपोर्ट गर्दछन् ।

स्नापड्रागन ६९० प्रयोग गरिने फोनमा अन्य उपयोगीता पनि हुनेछन् ।यसल फोरके एचडीआर भिडियो पनि खिँच्न सक्नेछ । यस्तै यसले १९२ मेगापिक्सेल जत्तिकै उच्च रेजोलुसनमा तस्वीर खिँच्न सक्छ । 

हर्स पावरको कुरा गर्दा यसको अक्टा कोर क्रियो ५६० सीपीयूले पूर्ववर्तीभन्दा २० प्रतिशत छिटो काम गर्दछ । यस्तै यसको अनबोर्ड एड्रेनो ६१९ एलको पूर्ववर्ती स्नापड्रागन ६७५ भन्दा राम्रो छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१