close

किराना सामान डेलिभरी र कागजातको ओसारपसार पनि अब भोजडिलबाटै

टेकपाना टेकपाना

असार ६, २०७७ १३:५८

किराना सामान डेलिभरी र कागजातको ओसारपसार पनि अब भोजडिलबाटै

काठमाडौं । नेपाली ईकमर्श प्लेटफर्म भोजडिलले किरानाका सामानको डेलिभरीदेखि विभिन्न कागजात ओसारको काम समेत गर्न थालेको छ । कोरोनाभाइरसको महामारी तथा लकडाउनको अवस्थालाई मध्येनजर गर्दै कम्पनीले नयाँ स्वरुपमा सेवा दिन थालेको हो ।

विगत तीन बर्षदेखी काठमाडौं उपत्यकामा रेस्टुरेन्टको खाजा तथा खानाका परिकार घर तथा अफिसम्म डेलिभरी सेवा दिँदै आएको लोकप्रिय अनलाइन प्लेटफर्म भोजडिलले लकडाउनमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ।

कोभिड १९ को त्राससँगै लकडाउनले घरैमा थन्किनुपर्ने बाध्यात्मक परिस्थितिमा स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर आफूहरुले रेस्टुरेन्टका परिकारहरु ग्राहकको घरदैलोमा डेलिभरी गर्दै आएको भोजडिलका संस्थापक निकेत अग्रवालले बताए।

सुरुमा आफ्नो सेवा रेस्टुरेन्टका परिकार डेलिभरीमा केन्द्रीत गरेको भोजडिलले लकडाउनको विषम परिस्थितिमा ताजा तरकारी फलफूल र किराना सामान समेत डेलिभरी गर्दै आएको छ। केके सुपरमार्केटसँग साझेदारी गरी कम्पनीले किराना सामानको डेलिभरी गर्न थालिएको अग्रवाललेले जानकारी दिए ।

‘ग्राहक र कर्मचारी दुवैको स्वास्थ्यप्रती सजग हुँदै मास्क, ग्लोब र सेनिटाइजरमात्र नभई आवश्यक पीपीईको प्रयोग गरी कर्मचारीहरु होम डेलिभरीमा खटिका छन्,’ उनले भने, ‘सँगसँगै कर्मचारीको नियमित स्वास्थ परीक्षण समेत गर्दै आएका छौं ।’

भोजडिलले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा समेत गराएको छ । ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षालाई मध्यनजरगर्दै भोजडिलले ई-सेवा, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट आईपीएस लगायतका माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

पछिल्लो समय कम्पनीले ‘पार्सल सेवा’ समेत थप गरेको छ। यससँगै सार्वजनिक सवारीसाधन नचलेको र निजी सवारीसाधन समेत आंशिक रुपमा संचालनमा आएको अहिलेको परिस्थितिमा भोजडिलमार्फत नै कागजात एवंम् आवश्यक सामान तथा गिफ्ट सामग्रीहरु काठमाडौंभित्र एक ठाउँबाट अर्को ठाउँसम्म पठाउन सकिने भएको छ ।

अहिले रेष्टुरेन्टभित्र बसेर खान नपाउने नियम लागु भएको छ । यस्तो अवस्थामा ग्राहकले आफै रेस्टुरेन्टबाट खाना लिन जान चाहेमा समेत भोजडिलको एपबाट ‘टेक अवे’ रोजेर अर्डर गर्न सक्छन् ।

जसबाट ग्राहक रेष्टुरेन्ट पुग्दा अर्डर गरेको खाना तथा खाजा प्याकिङ भएको हुनेछ । ग्राहकले कम्पनीको वेबसाइट  र मोबाइल एपमार्फत भोजडिलको सेवा लिन सक्छन्। 

कम्पनीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१