close

ट्रम्पको ट्वीटमा ट्वीटरको सेन्सरशिप, ‘म्यानुपुलेटेड मिडिया’ लेबल लागेको भिडियो नै हटाइयो

टेकपाना टेकपाना

असार ६, २०७७ १५:१९

ट्रम्पको ट्वीटमा ट्वीटरको सेन्सरशिप, ‘म्यानुपुलेटेड मिडिया’ लेबल लागेको भिडियो नै हटाइयो

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को ट्वीटलाई भ्रामक करार गरेको छ । बिहीबार साँझ ट्रम्पले एउटा तोडमोड गरिएको भिडियो ट्वीटरमा पोस्ट गरेका थिए । 

उक्त भिडियो सीएनएनमा प्रसारित एउटा भाग भएको बताइएको छ । सो भिडियो गत वर्ष भाइरल भएको भिडियो हो । जसमा एउटा अश्वेत बालकले अर्को श्वेत बालकलाई अंगालो मारेका छन् । 

तर ट्रम्पले सोही भिडियोको अर्को सम्पादित संस्करणलाई शेयर गरेका छन् । जहाँ भिडियोलाई तोडमोड गरेर श्वेत बालकले अश्वेत बालकलाई खेदेको जस्तो देखाइएको छ । 

उक्त भिडियोमा सीएनएनको झूठो समचार शीर्षक समेत राखिएको छ । सो शीर्षकमा लेखिएको छ, ‘त्रसित बच्चा रंगभेदी बालबाट डराएर भाग्यो ’ ।

शिर्षकको तल स्क्रीनमा लेखिएको छ, ‘रंगभेदी बालक सम्भवत ट्रम्पको मतदाता हुन् ।’ ट्रम्पले शेयर गरेको सो भिडियोमा बच्चाहरुले एक अर्कोलाई अंगालो मारेको वास्तविक क्लिप काटिएको छ । 

साथै त्यहाँ भएको एउटा सन्देश, ‘अमेरिका समस्या होइन, भ्रामक समाचार समस्या हो’ भनेर लेखिएको विषय पनि काटिएको छ । ट्वीटरले सो भिडियोले आफ्नो म्यानिपुलेट मिडियोको नीतिलाई उल्लंघन गरेको भन्दै लेबल लगाएको हो । अहिले ट्वीटरले ट्रम्पको उक्त ट्वीटमा रहेको भिडियो नै डिसेबल अर्थात नदेखिने बनाइदिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१