close

यी ५३ चिनियाँ एप, जसलाई बन्द गर्ने तयारीमा छ भारत

टेकपाना टेकपाना

असार ७, २०७७ १८:२१

यी ५३ चिनियाँ एप, जसलाई बन्द गर्ने तयारीमा छ भारत

एजेन्सी । सीमा विवादका कारण पछिल्लो समय भारत र चीनबीच संघर्ष जारी छ । भारतीय र चिनियाँ सैनिकहरूबीच केही दिन अघि लद्दाखको गाल्भान उपत्यकामा भएको रक्तपातपूर्ण झडपमा २० भारतीय सैनिकको मृत्यु समेत भयो ।

उक्त घटनापछि भारतमा चीन विरोधी भावना छाएको छ । जसका कारण चिनियाँ कम्पनीहरुलाई भारतमा रोक लगाउने प्रयासहरु भइरहेका छन् ।

यसैबीच भारतको इन्टिलिजेन्स एजेन्सीले सरकारलाई बन्द अथावा ब्लक गर्न सकिने चिनियाँ एपको सूची नै बुझाएको छ । उक्त एजेन्सीले सुरक्षा चुनौती र स्वदेशी एपलाई उकास्नका यस्ता एप बन्द गर्न सकिने जनाएको छ ।

उक्त सूचीमा टिक टक, चर्चित गेम क्लास अफ किङ, भिडियो कन्फ्रेन्सिङ एप जूम लगायतका ५३ वटा चर्चित एपहरु रहेका छन् ।

उक्त लिस्टमा साओमीको फस्ट पार्टी एप ‘एमआई कम्युनिटी’, ‘एमआई स्टोर’ पनि रहेको छ । भारतीय बजारमा लोकप्रिय स्मार्टफोन ब्राण्डको रुपमा रहेको सोओमीको इनब्यूल्ट एपमा समेत प्रतिबन्ध लगाउँदा साओमीलाई समेत केही असर पर्ने पक्का छ ।

इन्टिलिजेन्स एजेन्सीले भारत सरकारलाई बन्द अथावा ब्लक गर्न सकिने भनि दिएको चिनियाँ एपको सूची यस प्रकार छ ।

१.टिकटक
२.एमआई स्टोर
३.एमआई कम्युनिटी
४. विबो
५.विच्याट
६. सेयर ईट
७. क्लास अफ किंङ
८. ड्यु रेकडर
९ युक्याम मेकअप
१०.३६० सेक्युरिटी
११. ड्यु ब्याट्री सेभर
१२. ड्यु ब्राउजर
१३. ड्यु क्लिनर
१४.ड्यु प्राइभेसी
१५. क्लिन मास्टर
१६. क्यास क्लिन
१७. ड्यु एम स्टुडियो
१८. वैडु ट्रान्सलेट
१९.वैडु म्याप
२०. क्युक्यु लञ्चर
२१. क्युक्यु सेक्युरिटी सेन्टर
२२. क्युक्यु प्लेयर
२३. क्युक्यु म्युजिक
२४. क्युक्यु मेल
२५. क्युक्यु न्युज फीड
२६. विसिङ्क
२७.क्युक्यु इन्टरनेशनल
२८. ईएस फाइल एक्सप्लोर
२९. एमआई भिडियो कल–साओमी
३०. प्यारालल् स्पेस
३१. सेल्फी सिटी
३२. मेल मास्टर्स
३३. भल्ट–हाइड
३४. भिगो भिडियो
३५. बिगो लाइभ
३६. यूसी न्युज
३७. यूसी ब्राउजर
३८. ब्युटी प्लस
३९. सेन्डर
४०. क्लब फ्याक्ट्री
४१. हेलो
४२. लाइक
४३. क्वाई
४४.रोमवे
४५ सेइन
४६. न्युजडग
४७. वन्डर क्यामेरा
४८. फोटो वन्डर
४९. एपस ब्राउजर
५०.भिभा भिडियो–क्यु भिडियो इंक
५१. पर्फेक्ट क्रप
५२.सीएम ब्राउजर
५३. भाइरस क्लिनर (हाई सेक्युरीटी ल्याब)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१