close

सानिमा बन्यो अपाङ्गमैत्री वेबसाइट सुरु गर्ने पहिलो बैंक, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असार ८, २०७७ १९:४

सानिमा बन्यो अपाङ्गमैत्री वेबसाइट सुरु गर्ने पहिलो बैंक, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । सानिमा बैंकले नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो पटक अपाङ्गमैत्री वेबसाइट सुरु गरेको छ । राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कमजोर भएका र कम्प्युटर प्रयोग गर्न असहज हुने व्यक्तिहरुलाई लक्षित गर्दै बैंकले यस्तो वेबसाइट सञ्चालनमा ल्याएको हो ।

वेबसाइटको प्रयोगबाट अपाङ्गता भएका व्यक्तिहरुमा समेत सहजरुपमा वित्तीय जानकारी तथा पहुँच पुर्‍याउन सकिने विश्वास बैंकले व्यक्त गरेको छ । यसका साथै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्तालाई समेत अनलाइनबाट बैंकिङ सेवा सम्बन्धी जानकारी प्राप्त गर्न सहज हुनेछ ।

हाललाई यो सेवा अंग्रेजी भाषामा मात्र उपलब्ध छ । निकट भविष्यमा अन्य अपाङ्गतामैत्रीे सेवा सुविधा समेत विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा संबोधन गर्ने बैंकले उल्लेख गरेको छ ।

सानिमा बैंकले देशभर रहेका आफ्ना ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

यसरी प्रयोग गर्नुहोस् सानिमा बैंकको अपाङ्गमैत्री वेबसाइट

  • यहाँ क्लिक सानिमा बैंकको वेबसाइट खोल्नुहोस् ।
  • वेबसाइटको तल दायाँतर्फ रहेको एक्सेसिबिलिटी मेनुमा (अपाङ्गता दर्शाउने चिन्ह) क्लिक गर्नुहोस् । कीबोर्डमा कन्ट्रोल सँगै यू की दबाएर समेत उक्त मेनु खोल्न सक्नुहुनेछ ।
  • अब त्यहाँ आफू अनुकूलका एक्सेसिबिलिटी फिचरलाई छानेर वेबसाइट प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१