close

‘मल्टी युजर सपोर्ट’ देखि ‘डिफल्ट मेल’ को सुविधासम्म, एप्पलले तत्काल ल्याउनसक्छ यी फिचर

टेकपाना टेकपाना

असार ८, २०७७ १७:११

‘मल्टी युजर सपोर्ट’ देखि ‘डिफल्ट मेल’ को सुविधासम्म, एप्पलले तत्काल ल्याउनसक्छ यी फिचर

एजेन्सी । आजदेखि एप्पलको वल्र्ड वाइड डेभलपर कन्फ्रेन्स(डब्लुडब्लुडीसी) सुरु हुँदैछ । सफ्टवेयर विशेष एप्पलको यो सबैभन्दा ठुलो कार्यक्रम हो । जसमार्फत एप्पलले विकास गरेका विभिन्न नयाँ सफ्टवेयर सार्वजनिक हुनेगर्छ ।

नेपाली समय अनुसार आज राति ९ बजेर १५ मिनेटबाट सुरु हुने यो कार्यक्रममार्फत एप्पलले विभिन्न नयाँ सफ्टवेयरका साथै नीतिगत परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । त्यसमध्ये इन्टेलको आईओएसमा आधारीत आईप्याड, टीभी ओएस, वाच ओएस, म्याकमा ठुलो परिवर्तनको अपेक्षा गरिएको छ ।

यो सँगै कन्फ्रेन्समार्फत एप्पलले विभिन्न नयाँ फिचर ल्याउने अनुमान गरिएको छ । त्यसमध्ये पाँच अनुमानित फिचर तल उल्लेख गरिएको छ ।

१. एप्पलले आफ्नो एप स्टोरको नीतिमा परिवर्तन गर्ने : गत हप्तामात्रै एप्पलले आफ्नो एप स्टोरबाट कतिपय एपहरुलाई हटाएको थियो । एप स्टोरमा भएका कतिपय एपको नीति र आफ्नो नीति मेल नखाँदा कम्पनीले उक्त एपहरु हटाएको थियो । आज हुने डब्लुडब्लुडीसीमार्फत एप्पलले अझ सशक्त नीति प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यसले डेभलपरका लागि केही झन्झट भएतापनि सुरक्षाको हिसाबले भने राम्रो हुने अपेक्षा गरिएको छ ।

२. डिफल्ट एप छनोट गर्ने सुविधा : डब्लुडब्लुडीसीमार्फत एप्पलले प्रयोगकर्तालाई आफूले चाहेको एपलाई डिफल्ट एपको रुपमा छनोट गर्न सक्ने सुविधा उपलब्ध गराउने जनाइएको छ । यो विषय लामो समयदेखि चर्चामा रहेको डब्लुडब्लुडीसीमार्फत सार्वजनिक हुन सक्ने बताइएको छ ।

अहिलेसम्म यसरी डिफल्ट एप सेलेक्ट गर्ने सुविधा नहुँदा एप्पलकै एपहरु डिफल्टको रुपमा रहेका छन् । जस्तो मेल खोल्नु पर्‍यो भने एप्पल मेल नै प्रयोग गर्नुपर्ने बाध्यता अहिले छ । तर, अब तपाईं एप्पलको मेलको ठाउँमा जिमेललाई डिफल्टको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

३. होम स्क्रिन आफू अनुकुल बनाउन सकिने : एप्पलले डब्लुडब्लुडीसीमार्फत प्रयोगकर्तालाई आफ्नो मोबाइल तथा आईप्याडको होम स्क्रिन आफूलाई अनुकुल हुने गरी मिलाउने सकिने सुविधा उपलब्ध गराउने जनाइएको छ । यसको अर्थ स्क्रिनमा विभिन्न विड्जेट राख्न सकिने छ ।

४. मल्टी युजर सपोर्ट अन आइप्याड : एकै पटक दुई जनाले प्रयोग गर्न मिल्ने गरी एप्पलले आईप्याडमा ‘मल्टी युजर सपोर्ट’ सिस्टम ल्याउने जनाइएको छ । यसको अर्थ यदि तपाईं आफ्नो आईप्याड बच्चालाई प्रयोग गर्न दिन चाहानुहुन्छ भने नयाँ युजर बनाएर त्यसमा बच्चाको कन्ट्रोल गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१