close

फोनबाटै उत्कृष्ट फोटो र भिडियो खिच्न चाहनुहुन्छ ? खरिद गर्नुहोस् यी सामग्री

टेकपाना टेकपाना

असार ८, २०७७ १५:४४

फोनबाटै उत्कृष्ट फोटो र भिडियो खिच्न चाहनुहुन्छ ? खरिद गर्नुहोस् यी सामग्री

काठमाडौं । यो युग मोबाइल फोटोग्राफीको हो । स्मार्टफोन निर्माकर्ता कम्पनीहरुले आजभोलि एकदमै अत्याधुनिक स्मार्टफोन निर्माण गरिरहेका छन् । जसमा क्यामेरालाई नै विशेष जोड दिइएको हुन्छ ।

यदि तपाईंसँग क्यामेराका लागि आवश्यक अन्य गियर सामाग्रीहरु छन् भने राम्रो फोटो वा भिडियोको लागि डीएसएलआर क्यामेराको आवश्यकता नै पर्दैन । 

moment lens on an iphone
फोटोः मोमेन्ट

राम्रो क्यामेरा क्वालिटी भएको फोनले पनि व्यावसायिक स्तरका फोटो तथा भिडियो खिच्न सकिन्छ । तर यसका लागि तपाईंलाई केही अन्य अतिरीक्त सामग्रीहरुको आवश्यकता पर्दछ । अहिलेका स्मार्टफोनलाई प्रोफेसनल क्यामेरा बनाउनका लागि निम्न उपकरणहरु तपाईंसँग हुनुपर्छ ।

१. पकेट साइजको सिनेमा लेन्स 

तपाईंको स्मार्टफोनको आफ्नो राम्रो लेन्स राम्रो छ, तर यो ब्युल्ट ईन सानो भएकाले यसले धेरै काम गर्न सक्दैन । एउटा ठूलो लेन्सले जति विस्तृत र सुन्दर फोटो लिन सक्छ, त्यस्तो फोटो मोबाइल लेन्सबाट सम्भव हुँदैन ।

फोटोः मोमेन्ट

यस्तो बेला तपाईंले प्रोफेसनल ग्रेड अप्टिक्स प्रयोग गर्न सक्नुहुन्छ । त्यस्ता लेन्सले तपाईंको फोन क्यामेराको क्षमतालाई बढाउँछ । कम्पनीहरुले विभिन्न कामहरुका लागि बनाएका विभिन्न किसिमका लेन्सहरु बजारमा पाउन सकिन्छ ।

भिडियो र अल्ट्रा वाइड ल्याण्डस्केप फोटोग्राफीका लागि एनामोर्फिक लेन्स उपयुक्त हुन्छ । यसका लागि तपाईंले मोमेन्टको ५८ एमएम लेन्स प्रयोग गर्न सक्नुहुन्छ । 

यसका लागि एकपटक यहाँ क्लिक मोमेन्टको फोटो ग्यालरी हेर्न समेत सक्नुहुन्छ । अमेजन र मोमेन्टको साइटमा यो लेन्स २० डलर छूट सहित १३० डलरमा पाउन सकिन्छ ।

२. फिल्टर माउन्ट र पोलराइजर

फोटोग्राफीमा वस्तुमा अन्य छायाँ पर्ने धेरैको समस्या हो । तर तपाईंले पोलराइजर फिल्टर प्रयोग गर्नुभयो भने फोनले छायाँ बिना फोटो र भिडियो शूट गर्न सक्छ ।

यति भएपछि तपाईंले घामको किरणको छायाँ बिना जहाँसुकै फोटो शूट गर्न सक्नुहुन्छ । सीपीएल फिल्टर प्रयोग गरेर तपाईंले छायाँ बिना चस्मा लगाउने मान्छेको तस्वीर समेत खिच्न सक्नुहुन्छ ।

यसका लागि हामी तपाईंलाई मोमेन्टको ३७ एमएम माउन्ट र सीपीएल फिल्टर खरिद गर्न सल्लाह दिन्छौं । मोमेन्टको ३७ एमएम माउन्ट प्लस सीपीएल फिल्टर ३० डलरमा एटी मोमेन्ट र ४० डलरमा अमेजनमा पाउन सकिन्छ ।

३. सोल्जर पोड जी टु

फोटोः सोल्जर पोड

सोल्जर पोड जी टु हेर्दा अचम्मको उपकरण जस्तो देखिन्छ । यसले तपाईंको फोनलाई ठाडो र तेर्छो दुवै तरिकाले पकडमा राख्छ । यसको मद्दतबाट तपाईंले फोन नहल्लाई भिडियो लिन सक्नुहुन्छ । यसमा भएका ६ वटा कोल्ड सु माउन्टले बाहिरी प्रकाश र माइक्रोफोनका लागि पर्याप्त अप्सन दिन्छ ।

यसमा भएको ट्राइपोड माउन्ट तपाईंको इच्छाअनुसार घुम्ने र टतस्थ बस्ने हुँदा यसलाई तपाईंले आवश्यता अनुसार प्रयोग गर्न सक्नुहुन्छ । सोल्जर पोड जी टू तपाईंले बी एण्ड एच फोटो र अमेजनमा ७० डलरमा पाउन सक्नुहुन्छ ।

४. बोक्न मिल्ने सर्टगन माइक 

portable mic
फोटोः रोडे माइक्रोफोन

राम्रो भिडियो बन्न राम्रो अडियोको पनि आवश्यकता पर्दछ । बजारमा महंगा महंगा माइक्रोफोनहरु छन् । तर हामी तपाईंलाई रोड भिडियो माइक गो किन्ने सल्लाह दिन्छौं । यो एकदमै सानो हुन्छ र यसलाई बाह्य चार्जिङको आवश्यकता पनि पर्दैन ।

यसलाई हेडफोन जस्तै फोनमा ज्याक ईन गरेर राख्न सकिन्छ । यसको अडियो क्वालिटी फोनको भन्दा राम्रो हुन्छ । यसबाट टाढाको आवाज पनि सफा र स्पष्ट सुन्न सकिन्छ । रोड भिडियो माइक गो तपाईंले सय डलरमा बी एण्ड एच फोटोमा पाउन सक्नुहुन्छ । 

५. जतासुकै लान मिल्ने ट्राइपोड

phone on a bendable tripod
फोटोः जोबी

जब तपाईं आउटडोर शूटका लागि बाहिर जानुहुन्छ, त्यतिखेर जतासुकै समथर भाग हुँदैन । तपाईंलाई ट्राइपोड टेकाउन अप्ठ्यारो हुन्छ तर जोबीको गोरिल्लापोड फरक ट्राइपोड हो ।

यसको स्ट्याण्डलाई जस्तोसुकै ठाउँमा जुनसुकै पोजिसनमा अड्याउन सकिन्छ । यो भ्लगका लागि एकदमै उपयुक्त छ ।

आकारमा पनि यो सानो छ र यसका तीनैओटा खुट्टालाई एउटा हातमा समेटेर मोनोपोड बनाउन पनि मिल्छ । जोबी ग्रिप टाइट प्रो टु गोरिल्लापोड अमेजनमा ८७ डलरमा पाउन सकिन्छ ।

६. डोंगल

फोटोः अमेजन

जुनसुकै अल्ट्रालाइट फोटो किटका लागि डोंगल आवश्यक हुन्छ । डोंगलमा हेडफोन ज्याक पोर्ट र यूएसबी सी पोर्ट हुन्छ, जसले गर्दा तपाईंको चार्जमा रहेको फोनलाई डिस्टर्ब नगरी यो माइक्रोफोनसँग कनेक्ट हुनसक्छ ।

यसबाट तपाईंले आफ्नो माइक, चार्ज वा एक्सटर्नल ब्याट्री प्लग ईन गर्नसक्नुहुन्छ । हामी तपाईंलाई लिंकलाइक ३.५ एमएम यूएसबी सी डोंगल किन्ने सल्लाह दिन्छौं । यो अमेजनमा १५ डलर छूट सहित २५ डलरमा पाउन सकिन्छ ।

७. पोर्टेबल ब्याट्री 

anker portable charger
फोटोः अमेजन

स्मार्टफोनहरुको ब्याट्री ब्याकअप उत्कृष्ट भए पनि फोटो खिच्ने वा भिडियो शूट गर्ने  उद्देश्यले बाहिर जाँदै हुनुहुन्छ भने एउटा पावर ब्याट्री तपाईंका लागि एकदमै आवश्यक छ । 

अंकेर पावर कोर १०,००० पोर्टेबल ब्याट्री राम्रो अप्सन बन्न सक्छ । यसलाई अमेजनमा २६ डलरमा पाउन सकिन्छ ।

८. ब्याग

फोटोः पिक डिजाइन

तपाईसँग फोन छ, यी सबै उपकरणहरु छन् भने अब तपाईंलाई एउटा ब्यागको खाँचो हुन्छ । यो लेखमा बताइएका सामग्री खरिद गर्नु भएको छ भने एउटा सिक्स एल साइजको ब्याष तपाईको लागि उपयुक्त हुन्छ ।

यसभित्र तपाईंका सम्पूर्ण सामान सुरक्षित रुपमा राख्ने विशेष ठाउँहरु हुन्छ । साथै पानीले पनि नबिगार्ने यो वदेर सिल्ड हुन्छ ।  तपाईंको लागि पिक डिजाइन एभ्रिडे स्लिङ भी टू सिक्स एल ब्याग उपयुक्त हुन्छ । बी एण्ड एच फोटो र अडोरामा सय डलरमा यो ब्याग पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१