close

लकडाउनमै आईसिटी अवार्डको आवेदन खुल्ला, अनलाइनबाटै दिन सकिने

टेकपाना टेकपाना

असार ८, २०७७ १६:४७

लकडाउनमै आईसिटी अवार्डको आवेदन खुल्ला, अनलाइनबाटै दिन सकिने

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित आईसीटी अवार्डको पाँचौं संस्करणकालागि अनलाइन आवेदन खुला गरिएकाे छ । कोरोनाका कारण लागु गरिएको लकडाउनकै बिच अवार्डको अनलाइन आवेदन सोमबारदेखि सुरु गरिएको हो ।

हरेक वर्ष १७ अगस्टमा आयोजना हुने यो अवार्डमा विभिन्न विद्याकालागि साउन १६ गतेसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको फाइनल भने कोरानाका कारण ढिला हुनसक्नेछ ।

साथै यस संस्करणमा दुई नयाँ विधा समेत थप हुने भएका छन् । आयोजकले इनोभेसन इन क्राइसिस रेस्पोन्स र वूमन आइकन आईसीटी अवार्ड थप भएको जनाएको छ ।

अवार्डका लागि यहाँ क्लिक गरी व्यक्ति तथा संस्थाले आफूलाई पायक पर्ने विद्यामा आवेदन दिनसक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१