close

इन्टरनेटमा १ वर्षसम्म ५० प्रतिशत छूट दिन ठमेलका पर्यटन व्यवसायीको माग

टेकपाना टेकपाना

असार ९, २०७७ १३:३९

इन्टरनेटमा १ वर्षसम्म ५० प्रतिशत छूट दिन ठमेलका पर्यटन व्यवसायीको माग

काठमाडौं । ठमेल क्षेत्रमा रहेका पर्यटन सम्बन्धी संघसंस्थाहरुले इन्टरनेटमा ५० प्रतिशत छूट दिन आग्रह गरेका छन् । कोरानाभाइरसको माहामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै उनीहरुले एक वर्षका लागि इन्टरनेटमा ५० प्रतिशत छूट दिनुपर्ने माग गरेका हुन् ।

यसअघि ठमेलमा नयाँ वर्षको शुरुवातसँगै भिजिट नेपाल मनाउने नाममा इन्टरनेटको तार काटिएको थियो । अव्यवस्थित तारका कारण सहरको सुन्दरता गुमेको भन्दै इन्टरनेट व्यवसायीलाई ठूलो क्षति पुग्ने गरी तार काटिएको थियो ।

सेवाप्रदायकहरुले केही समय माग गर्दा समेत त्यसको वास्ता नगरी तार काटेको व्यवसायीहरुले नै इन्टरनेमा ५० प्रतिशत छूट माग गरेका छन् । ठमेल पर्यटन विकास परीषद्‌को नेतृत्वमा पर्यटन क्षेत्रका अन्य १० संस्थाहरुले इन्टरनेट सेवासहित विभिन्न क्षेत्रमा आगामी एक वर्षसम्म ५० प्रतिशत छूट दिनुपर्ने माग राखेका छन् । उनीहरुले घरभाडा, बिजुलीसहित इन्टरनेटको शूल्कमा समेत ५० प्रतिशत छूटको माग गरेका छन् ।

तर, यो विषयमा सेवा प्रदायकको तर्फबाट हालसम्म कुनै निर्णय भइ नसकेको इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१