close

सार्वजनिक हुने तरखरमा एसुसको नयाँ गेमिङ फोन

टेकपाना टेकपाना

असार ९, २०७७ १५:५१

सार्वजनिक हुने तरखरमा एसुसको नयाँ गेमिङ फोन

एजेन्सी । उच्च रिफ्रेस रेट, ठूलो क्षमताको ब्याट्री र एक्स्ट्रा इनपूटका काण एसुसको रग फोनले गेमिङ फोनको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भएको छ । अहिले एसुसको रग फोन थ्रीको प्रतिक्षा गरिंदैछ ।

तर अब हाम्रो प्रतिक्षाको घडी समाप्त भएको संकेत मिलेको छ । एसुस  टेन्सेन्ट गेम दुवैले भर्खरै विबोमा एउटा पोस्ट अपलोड गरेका छन् । सो पोस्टमा रग पोन थ्री यसै जुलाईमा सार्वजनिक हुने कुराको पुष्टि गरिएको छ ।

कम्पनीले यसको निश्चित मिति त खुलाएको छैन, तर दुवै कम्पनीले चीनमा पनि सहकार्य गर्ने योजनाको पुष्टि भने गरेका छन् ।  यसर्थ अब हामीले बजारमा टेन्सेन्ट ब्राण्डको डिभाइस समेत देख्न सक्नेछौं ।

खबरहरुका अनुसार एसुसको यो नयाँ फोनमा स्नापड्रागन ८६५ चिपसेट, १६ जीबीसम्म र्‍याम,  ६ हजार एमएएचको ब्याट्री र ६४ मेगापिक्सेल्सको मूख्य क्यामेरा रहेको छ । यसमा ट्रिपल रियर क्यामेरा कम्बो हुनेछ । 

यो फोनको मूल्यबारे हालसम्म आधिकारिक खुलासा भएको छैन । तर रग फोन टु को विश्वभर खुद्रा मूल्य ८९९ डलर अर्थात् एक लाख ९ हजार ८४ रुपैयाँ रहेको थियो । यदि मूल्य वृद्धि नहुने हो भने पछिल्लो नयाँ फोनको मूल्य समेत यसैको हाराहारीमा आउने सम्भावना छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१