यी डिभाइसमा आउँदैछ, आईओएस फोर्टिनको अपडेट

एजेन्सी । एप्पलले दुई दिनअघि मात्र पहिलोपटक भर्चुअल रुपमा आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स आयोजना गरेको थियो ।  कन्फ्रेन्समार्फत एप्पलले म्याक, आईफोन, आईप्याड तथा विभिन्न एप्पल डिभाइसहरुका लागि नयाँ अपडेट तथा फिचहरु सार्वजनिक गरेको छ ।

त्यसमा आईओएस फोर्टिन, आईप्याड ओएस फोर्टिन, वाचओएस सेभने र म्याकओएस बिग सर सबैभन्दा चर्चामा रहे । कम्पनीले आफ्ना सबै खालका डिभाइसलाई आवश्यक सफ्टवेयरमा ठूलो मात्रामा परिवर्तन गर्दै नयाँ अपडेट सार्वजनिक गरेको हो ।

यी अपडेट अबको केही समयपछि प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ । तर, यसको अर्थ यो होइन कि यी अपडेट एप्पलका सम्पूर्ण प्रयोगकर्ताले प्राप्त गर्नेछन् ।

त्यसैले यहाँ आईओएस फोर्टिन, आईप्याड ओएस फोर्टिन, वाच ओएस सेभेन र म्याकओएस बिग सर सफ्टवेयर उपलब्ध हुने डिभाइसहरुको जानकारी उपलब्ध छ । 

आईओएस एण्ड आईप्याडको हकमा भने यो सहज छ । आईओएस तथा आईप्याड थर्टिन प्रयोग गरिरहेका प्रयोगकर्ताले आईओएस फोर्टिनको अपडेट स्वतः रुपमा प्राप्त गर्नेछन् । 

आईओएस फोर्टिन सपोर्ट गर्ने डिभाइसहरु

  • आईफोन ११
  • आईफोन ११ प्रो
  • आईफोन ११ प्रो म्याक्स
  • आईफोन एक्स एस
  • आईफोन एक्स एस म्याक्स
  • आईफोन एक्स आर
  • आईफोन एक्स
  • आईफोन एट
  • आईफोन एट एक्स
  • आईफोन सेभेन
  • आईफोन सेभेन प्लस
  • आईफोन सिक्स एस
  • आईफोन सिक्स एस प्लस
  • आईफोन एसई (फस्ट जेनेरेशन)
  • आईफोन एसई (सेकेण्ड जेनेरेशन)
  • आईपड टच (सेभेन्थ फस्ट जेनेरेशन)

आईप्याड ओएस फोर्टिन उपलब्ध हुने ट्यावबलेटहरु

  • आईप्याड प्रो १२–९ इञ्च (फोर्थ जेनेरेशन)
  • आईप्याड प्रो ११ इञ्च (सेकण्ड जेनेरेशन)
  • आईप्याड प्रो १२–९ इञ्च (थर्ड जेनेरेशन)
  • आईप्याड प्रो ११ इञ्च (फस्ट जेनेरेशन)
  • आईप्याड प्रो १२–९ इञ्च (सेकण्ड जेनेरेशन)
  • आईप्याड प्रो १२–९ इञ्च (फस्ट जेनेरेशन)
  • आईप्याड प्रो १०.५ इञ्च
  • आईप्याड प्रो ९.७ इञ्च
  • आईप्याड (सेभेन्थ जेनरेशन) 
  • आईप्याड (सिक्थ जेनेरेशन)
  • आईप्याड (फिप्थ जेनेरेशन)
  • आईप्याड मिनी फोर
  • आईप्याड एयर (थर्ड जेनेरेशन)
  • आईप्याड एयर टू

वाचओएस सेभने सर्पोट गर्ने वाचहरु

  • एप्पल वाच सिरिज थ्री
  • सिरिज फोर
  • सिरिज फाइभ

एप्पल वाचको विषयमा एप्पलले नयाँ अपडेट प्राप्त गरको खण्डमा पनि घडी कति पुरानो हो भन्ने कुराले असर गर्ने छ । यदी घडी पुरानो भएको खण्डमा केही फिचर उपलब्ध नहुनसक्ने जनाइएको छ । 

म्याकओस बिग सर उपलब्ध हुने डिभाइसहरु

  • म्याकबुक (२०१५ र त्यसपछिका डिभाइस) 
  • म्याकबुक एयर (२०१३ र त्यसपछिका डिभाइस)
  • म्याकबुक प्रो (२०१३ र त्यसपछिका डिभाइस)
  • म्याक मिनी (२०१४ र त्यसपछिका डिभाइस)
  • आईम्याक (२०१४ र त्यसपछिका डिभाइस)
  • आईम्याक प्रो (२०१७ र त्यसपछिका सबै मोडल)
  • म्याक प्रो (२०१३ र त्यसपछिका डिभाइस)

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team