close

विण्डोज अपडेटबाट दिक्क हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

टेकपाना टेकपाना

असार १०, २०७७ १८:३१

विण्डोज अपडेटबाट दिक्क हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

काठमाडौं । यदि तपाईंले आफ्नो कम्प्युटर तथा ल्यापटपमा विण्डोज टेन प्रयोग गरिरहनुभएको छ भने बारम्बार आउने अपडेटबाट दिक्क हुनुभएको हुनसक्छ । तपाईं मोबाइलबाट हटस्पटको रुपमा ल्यापटपमा इन्टरनेट प्रयोग गर्नुहुन्छ भने कतिपय समयमा तपाईंको डेटा विण्डोजको अपडेटले नै खाइदिइरहेको हुनसक्छ । 

बारम्बार आउने अपडेटले तपाईंको कम्प्युटर सिस्टम समेत स्लो भइरहेको हुन्छ । तर यसरी आउने अपडेटलाई डिसेबल गरेर झञ्जटबाट मुक्त हुन सक्नुहुन्छ । 

कसरी बन्द गर्ने अटो अपडेट ?

  • आफ्नो कम्प्युटर तथा ल्यापटपमा विण्डोसँगै आर बटन दबाउनुहोस् ।
  • अब त्यहाँ services.msc टाइप गरेर ओके गर्नुहोस् । अब यति गरेपछि तपाईंको ल्यापटप तथा कम्प्युटरमा भएका सर्भिसहरु देखा पर्नेछन् । 
  • दिइएको सूचीलाई स्क्रोल गरेर अन्तिममा पुग्नुहोस् । अब त्यहाँ विण्डोज अपडेट देख्नुहुनेछ । त्यसमा राइट क्लिक गर्नुहोस् ।
  • त्यहाँ रहेको प्रोपर्टिजमा क्लिक  गर्नुहोस् । 
  • अब त्यहाँ स्टार्टअप टाइप अप्सन देख्नसक्नुहुनेछ । त्यसभित्र रहेका विकल्पमध्ये डिसेबल छनौट गरेर अप्लाइ पछि ओके क्लिक गर्नुहोस् । 
  • अब कम्प्युटर तथा ल्यापटपलाई री-स्टार्ट गर्नुहोस् । यति गरेपछि तपाईंको कम्प्युटर तथा ल्यापटपमा आउने अटो अपडेट बन्द हुनेछ । 

तर यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने सेक्युरिटीको हिसावले विण्डोज अपडेट एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले महिनामा एक वा दुई पटक म्यानुअल्ली रुपमा विण्डोज अपडेट गर्ने बानि बसाल्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१