close

अटो क्षेत्रमा ह्वावेको प्रवेश

टेकपाना टेकपाना

असार ११, २०७७ १४:३८

अटो क्षेत्रमा ह्वावेको प्रवेश

ह्वावेले आफ्नो स्मार्टफोन प्रोसेसर किरिनको प्रविधि कारका लागि पनि विकास गर्ने खबर बाहिर आएको छ । चिनियाँ प्रविधि सम्बन्धि पब्लिकेसन थर्टी सिक्स केआरका अनुसार ह्वावेले चीनकै विद्युतीय कार कम्पनी बीवाईडीसँग सम्झौता गरेको हो ।

ह्वावेले कारको ककिपटलाई डिजिटाइज गर्न किरिन चिपको प्रयोग गर्नेछ । ह्वावेको सेमिकण्डक्टर सब्सिडरी कम्पनी हाईसिलिकनले अमेरिकाको प्रतिबन्धको सामना गर्न र कोर स्मार्टफोन प्रविधिमा आत्मनिर्भर हुन किरिन चिप विकास गरेको हो । 

वारेन बफेटको समेत स्वामित्व रहेको बीवाईडीले यसअघि क्वालकम स्नापड्रागन अटोमोटिभ चिप आफ्नो विद्युतीय गाडीमा प्रयोग गर्ने घोषणा गरेको थियो । तर ह्वावे र बीवाईडी दुवै कम्पनीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया भने जनाएका छैनन् । 

गत वर्षको मार्चमा बीवाईडीको विद्युतीय गाडी र मोनोरेलमा ह्वावेको एआई र फाइभजी प्रविधि प्रयोग गर्ने विषयमा रणनीतिक साझेदारी भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३