close

सामसङको एम इलाभेन नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असार ११, २०७७ १९:५५

सामसङको एम इलाभेन नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी एम सिरिजको फोन ग्यालेक्सी एम इलाभेन आज नेपालमा सार्वजनिक गरेको छ । 

ग्यालेक्सी एम इलाभेनमा नयाँ विशिष्ट इन्फिनिटी ओ डिस्प्ले रहेको छ । नयाँ किसिमको प्रिमियम लुक्स र स्टाइलमा आएको यो स्मार्टफोन सामसङको एम सेग्मेन्टको सबैभन्दा विशिष्ट फिचर भएको फोन हो । 

यो फोनको डिस्प्लेको कुरा गर्दा यसमा ६.४ एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । जसमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसको ब्याट्रीले तपाईंलाई दिनभर साथ दिनसक्छ । यसमा १५ वाटको चार्जर र  पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर रहेको छ । 

तीन जीबी र्‍याम रहेको यो फोनमा माइक्रो एसडीबाट ५१२ जीबीसम्म बढाउन विस्तार गर्न मिल्ने आन्तरिक मेमोरी छ । यसमा क्यामेराको कुरा गर्दा ट्रिपल रियर क्यामेरा सेटअप छ ।

जसमा १३ मेगापिक्सेलको मेन क्यामेरा छ । यस्तै पाँच मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा  छ । जसमा ११५ डिग्री फिल्डको भ्यू रहेको छ । अर्को २ मेगापिक्सल्सको डेप्थ क्यामेरा पनि यसमा छ । जुन लाइभ फोकस फिचरसँगै उपलब्ध छ । 

यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । यो फोनमा डल्बी एटमस प्रविधि पनि प्रयोग गरिएको छ । जसले वरपरको वातावरणको साउण्ड अनुभव पनि प्रदान गर्दछ । 

जुन २५ देखि (११ असार) यो देशभरका सामसङ ब्राण्ड पसलहरुमा उपलब्ध हुनेछ । मेटालिक ब्ल्यू, ब्ल्याक  भायोलेट रंगहरुमा पाइने यो फोनको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३