close

गूगल प्रयोगकर्ताको अनलाइन विवरण १८ महिनापछि स्वत: डिलिट हुने

टेकपाना टेकपाना

असार १२, २०७७ ११:६

गूगल प्रयोगकर्ताको अनलाइन विवरण १८ महिनापछि स्वत: डिलिट हुने

काठमाडौं । अब गूगलको इन्टरनेट ब्राउजरमा बसेका सम्पूर्ण क्रियाकलापको रेकर्ड १८ महिनापछि स्वत: डिलिट हुने भएको छ । गूगल ब्राउजमा भएको तपाईंको लोकेसन हिस्ट्री, वेब र एप गतिविधि लगायतका सबै विवरण १८ महिनामा स्वतः मेटिने भएको हो । 

गूगल अकाउन्टमा रहने प्रयोगकर्ताहरुको व्यक्तिगत डेटाबारे गूगलले मंगलबार विभिन्न किसिमका घोषणा गरेको छ । ती मध्ये सबैभन्दा महत्वपूर्ण सुधार भनेको हिस्ट्री डिलिट रहेको छ ।

कम्पनीले इन्कग्निटो मोडमा सजिलै एक्सेस पाउन सकिने व्यवस्थादेखि आफ्नो सेक्युरिटी चेकअपमा पासवर्ड चेकअप इन्टिग्रेट गर्नेसम्मका नयाँ सुधारहरु ल्याउने छ । 

गूगल अकाउन्ट बनाए लगत्तै तपाईंको ब्राउजरमा रहेका तपाईंका वेब तथा एप लगायतका सबै गतिविधि बाई डिफल्ट टर्न अन हुनेछ । तर हिस्ट्री लोकेसन भने बाई डिफल्ट टर्न अफ हुनेछ ।

यसलाई तपाईंले गूगल अकाउन्ट सेटिङमा गएर टर्न अन गर्न सक्नुहुनेछ । गूगलको अटो डिलिट फंसन नयाँ होइन । कम्पनीले १८ महिनामा हिस्ट्रीलाई अटो डिलिट गर्ने फिचर एक वर्ष अघि नै रोल आउट गरेको थियो ।

यदि तपाईंले यो फिचर प्रयोग गर्न अटो डिलिट टर्न अन गर्नु भएको छैन भने यसका लागि तपाईंले केही चरणहरु पार गर्नुपर्ने हुन्छ । 

  • सबैभन्दा पहिले मोबाइल तथा डेस्कटपमा आफ्नो गूगल अकाउन्ट खोलेर एक्टिभिटी पेजमा जानुहोस् । 
  • अटो डिलिट सेक्सनमा गएर त्यहाँ रहेको वेब तथा एप एक्टिभिटी, लोकेसन हिस्ट्री र युट्युव हिस्ट्रीको छुट्टाछुट्टै अटो डिलिट सेक्सन फेला पार्न सनुहुनेछ । 
  • ती सबैमा छुट्टाछुट्टै अटो डिलिट अवधि हुन्छ । एक एक गरी चयन गर्दै कन्फर्म गर्नुहोस् ।

केही महिना अघि गूगलमाथि प्रयोगकर्ताको लोकेसन डेटा संकलन गरेको आरोप लागेको थियो । आइरिस डेटा प्रोटेक्सन कमिसन-डीपीसीले गूगलको लोकेसन डेटासँग सम्बन्धित प्रोसेसिङ एण्ड ट्रान्सपरेन्सी फ्रेमवर्कमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

गूगलको यो पछिल्लो प्रयासले कम्पनीलाई आफू विरुद्धका आलोचना कम गर्न केही राहत दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३