close

टिकटकमा जस्तै अब युट्युवमा पनि १५ सेकेन्डको भिडियो

टेकपाना टेकपाना

असार १२, २०७७ १५:५१

टिकटकमा जस्तै अब युट्युवमा पनि १५ सेकेन्डको भिडियो

एजेन्सी । युट्युवले अब टिकटकलाई निशाना बनाउने भएको छ । कम्पनीले बुधबार मोबाइलमा नयाँ फिचर परीक्षण गरिरहेको बताएको छ । 

नयाँ फिचरको प्रयोग गरी अब प्रयोगकर्ताहरुले १५ सेकेण्डको मल्टी सेग्मेन्ट भिडियो बनाउन सक्नेछन् । टिकटक र इन्स्टाग्रामको रिल्स दुवैमा १५ सेकेण्डको भिडियो बनाउन सकिन्छ । 

युट्युवले बताएअनुसार मोबाइलमा अपलोड फ्लोमा प्रयोगकर्ताहरुले अब ‘कृयट न्यु भिडियो’ को अप्सन देख्न सक्नेछन् । टिकटकमा जस्तै यो नयाँ फिचरमा पनि प्रयोगकर्ताले रातो रेकर्ड बटनमा ट्याप अनि होल्ड गरी क्लिप रेकर्ड गर्न सक्नेछन् । 

रेकर्ड बन्द गर्नु परे पुनः सोही रातो रेकर्ड बटन थिँच्नुपर्नेछ । यो प्रक्रिया १५ सेकेण्ड नभएसम्म दोहोरी रहन्छ । रेकर्डिङ सकिएपछि सबै क्लिपहरुलाई समायोजन गरेर युट्युवले एउटा भिडियो तयार पार्दछ ।

अर्को शब्दमा भन्नुपर्दा यो टिकटकभन्दा फरक छैन । यसमा १५ सेकेण्डभन्दा लामो समयको भिडियो बनाउन सकिँदैन ।

यस अलावा गूगलले उक्त नयाँ फिचरबारे थप केही पनि बताएको छैन । युट्युवले अन्य फिचर तथा कन्ट्रोलहरु जस्तै फिल्टर, इफेक्ट, म्युजिक, एआर वा भिडियो स्पीड परिवर्तन गर्ने बटनहरु बिस्तारै जोड्दै लानेछ ।

यीनै फिचरहरुले टिकटकलाई आजको पहिचान दिएको हो । तर टिकटक जसरी नाम कमाउन भिडियोको समय र यसको मल्टी सेग्मेन्ट रेकर्डिङ स्टाइल मात्र पर्याप्त हुनेछैन । युट्युवले प्रतिस्पर्धी कम्पनीको फिचरलाई सिको गरेर काउन्टर गर्न खोजेको यो पहिलोपटक भने होइन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३