close

नौ इन्टरनेट सेवाप्रदायक, जसको लकडाउनले समेत रोकेन सेवा विस्तार

टेकपाना टेकपाना

असार १२, २०७७ १८:६

नौ इन्टरनेट सेवाप्रदायक, जसको लकडाउनले समेत रोकेन सेवा विस्तार

काठमाडौं । कोरोनाभाइरसको विश्वव्यापी महामारी र लकडाउनका कारण सबैजसो व्यापार व्यवसाय नराम्रोसँग प्रभावित भएका छन् । दूरसञ्चार तथा इन्टरनेट सेवाको क्षेत्रमा भने  तुलनात्मक रुपमा कम प्रभाव परेको छ । 

तर केही इन्टरनेट सेवाप्रदायकले लकडाउनका बावजुत समेत आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएका छन् । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ४० वटा सेवाप्रदायमध्ये नौ वटा कम्पनीले मात्र लकडाउनको समयमा नयाँ ग्राहक थप्न सकेका छन् ।

भर्खरै सार्वजनिक प्राधिकरणको पछिल्लो (गत वैशाखको) तथ्याङ्क अनुसार लकडाउन फागुन मसान्तयता सबैभन्दा धेरै ग्राहकमा सेवा विस्तार गर्नेमा क्रमशः सुबिसु, क्लासिक टेक, टेकमाइण्ड, भायनेट र फर्स्ट लिङ्क रहेका छन् ।

हाल सबै सेवाप्रदायक गरी देशभर ११ लाख ६ हजार ३५२ वटा इन्टरनेट कनेक्सन कायम भएका छन् । प्रति कनेक्सन एक घर परिवारको आधारमा ५४ लाखभन्दा धेरै जनसंख्यामा फिक्स्ड ब्रोडब्याण्ड पहुँच पुगेको प्राधिकरणले जनाएको छ ।

कसले कति ग्राहक बढाए ?

  • सुबिसुः ७५१४
  • क्लासिक टेकः ७३०२
  • टेक माइण्डः ३००७
  • भायनेटः २९६९
  • फर्स्ट लिङ्कः १५५४
  • नेपाल टेलिकमः ८३५
  • इस्ट लिङ्कः ८३४
  • बाराही ७७० 
  • मर्कण्टाइलः ७०७

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३