close

साओमी रेड्मी नोट नाइन नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

असार १२, २०७७ १९:१४

साओमी रेड्मी नोट नाइन नेपालमा, कति छ मूल्य ?

काठमाडौं ।  साओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेड्मी नोट नाइन सार्वजनिक गरेको छ । नोट ९ सिरिजमा सार्वजनिक गरिएको कम्पनीको यो दोस्रो स्मार्टफोन हो ।

हालै सार्वजनिक भएको रेड्मी नोट नाइन प्रोका साथै नयाँ रेड्मी नोट स्मार्टफोन लाइनअपले फ्ल्यागशिप मूल्यका अन्य ब्राण्डलाई चुनौती दिनेछ । अत्याधुनिक डिजाइन र नवीन प्रविधिको यो फोनलाई बहुप्रतिक्षित फोनको रुपमा हेरिएको छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेपालमा नोट नाइन सिरिजमा अर्को स्मार्टफोन सार्वजनिक गर्न पाउँदा आफूहरु निकै उत्साहित रहेको बताए । ५०२० एमएएच क्षमताको ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी ८५ प्रोसेसर रहेको रेड्मी नोट नाइन रेड्मी नोट लाइनअपकै उत्कृष्ट फोन हो । 

मी फ्यानहरुले यो उत्पादन मन पराउनेमा आफूहरु आशावादी रहेको कोठारीको भनाई छ । चार वटा क्यामेरा सेटअप रहेको यो फोनमा फोटोग्राफी तथा भिडियो ग्राफीका लागि ४८ एमपी क्वाड क्यामेरा राखिएको छ । 

मूख्य क्यामेरासँगै आठ एमपी अल्ट्रा वाइड—एंगल लेन्स रहेको यो फोनमा दुई एमपी म्याक्रो लेन्स र दुई एमपीकै डेप्थ सेन्सर रहेको छ । क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्वीर खिच्न सक्छ । 

सेल्फीका लागि डिस्प्लेमा १३ मेगापिक्सेल क्यामेरा राखिएको रेड्मी नोट नाइनबाट सिनेम्याटिक पोट्रेट र भिडियो मोडले प्रयोगकर्तालाई फिल्महरुमा सामान्यतयाः प्रयोग गरिने ढाँचाको (२.३९ः१ एसपेक्ट रेसियोको) फोटो तथा भिडियो खिच्न सकिन्छ ।  

विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ आएको यो फोन छिट्टै शुट गर्न, एकै पलमा आकर्षक भिडियो खिच्न मात्र होइन यसमा रहेको डकुमेन्ट मोडले स्मार्टफोनलाई नै खल्ती आकारको स्क्यानरमा समेत रुपान्तरण हुनसक्छ । 

यो फोन खरिद गर्दा साथमा २२.५ वाटको फास्ट चार्जर समेत पाउन सकिनेछ । फोनमा रहेको मिडियाटेक हेलियो जी ८५ प्रोसेसरले रेड्मी नोट नाइनलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाएको छ ।

फोनको डिस्प्लेमा कर्निंग गोरिला ग्लास फाइभले सुरक्षा प्रदान गरिएको छ । इमर्सिभ ६.५३ इञ्च डट डिस्प्ले रहेको यो फोन झट्ट हेर्दा समेत निकै आकर्षक छ । 

यसमा ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता फ्यानका साथै एर्रे जस्ता लोकप्रिय विशेषताहरु समेत समावेश छन् । यो फोनमा लामो समयसम्म हेर्दा समेत आखाँलाई आराम दिनका लागि टीयूभी रेहनल्याण्ड कम ब्लू लाइट सटिफिकेशन राखिएको छ ।

दुर्घटनाबश फोन हातबाट खसेको अवस्थामा फोनलाई जोगाउन स्प्लेस प्रुफ न्यानो कोटिंग प्रयोग गरिएको छ । रेड्मी नोट नाइन प्रयोगकर्ताले कलर मिडनाइट ग्रे र फरेस्ट ग्रीन मध्येका कलरमा यो फोन छनौट गर्न सक्नेछन् । 

नेपाली बजारमा रेड्मी नोट नाइनको मूल्य २२,९९९ रुपैयाँ राखिएको छ । चार जीबी प्लस १२८ जीबी भेरियन्टमा यो फोन बजारमा आएको छ ।

नेपालभर रहेका १८०० भन्दा बढि मी प्रिफर्ड पार्टनर, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर दराज तथा सस्तोडिलमा यो फोन छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । दुई कलर— मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३