close

एउटा ब्राण्डको विज्ञापन बन्द हुँदा फेसबुकलाई पौने नौ खर्ब घाटा !

टेकपाना टेकपाना

असार १३, २०७७ १६:३७

एउटा ब्राण्डको विज्ञापन बन्द हुँदा फेसबुकलाई पौने नौ खर्ब घाटा !

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् । युनिलिभर कम्पनीले फेसबुक इंकबाट गर्दै आएको आफ्नो सोसल मिडिया विज्ञापनलाई हटाउँदाको प्रभावस्वरुप यति ठूलो घाटा व्यहोर्नुपरेको हो ।

तर यसको अर्थ यस अघि युनिलिभरले यति भारी मात्राको विज्ञापन फेसबुकबाट गर्दै आएको थियो भन्ने होइन । विज्ञापन हट्दा फेसबुकको मार्केट शेयर शुक्रबारमात्रै ८.३ प्रतिशतले घटेको हो । यो गिरावट पछिल्लो तीन महिनायताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

युनिलिभर फेसबुकको लागि एउटा ठूलो विज्ञापनदाताको रुपमा रहेको थियो । कम्पनीले यो वर्ष यस्ता विज्ञापन अन्य कम्पनीबाट नै गराउने निर्णय लिएको छ ।

यससँगै फेसबुकले भारी मात्रामा आफ्नो आम्दानी गुमाउन पुगेको हो । जसको असर फेसबुकको शेयरमा समेत परेको छ ।

फेसबुकले आफ्नो मार्केट शेयरबाट ५६ अर्ब डलर गुमाउने अनुमान गरिएको छ । यदि त्यसो भएमा जुकरबर्गको कुल आम्दानी ८२.३ बिलियन डलरमा सीमित हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३