close

फेसबुकसँग भाइबरको सम्बन्ध बिच्छेद

टेकपाना टेकपाना

असार १३, २०७७ १८:२२

फेसबुकसँग भाइबरको सम्बन्ध बिच्छेद

एजेन्सी । सम्पूर्ण व्यावसायिक साझेदारहरुले फेसबुकलाई बहिष्कार गर्न थालेपछि म्यासेजिङ एप भाइबरले पनि कम्पनीसँग सम्बन्ध बिच्छेद गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हिंसात्मक सोचलाई प्रोत्साहन गर्ने किसिमको पोस्टमाथि कुनै पनि प्रतिक्रिया नदिई मुकदर्शक बनेपछि अहिले फेसबुकलाई बहिष्कार गर्ने अभियान नै चलेको छ । 

अमेरिकाबाट सुरु भएको सो अभियान अहिले अन्तर्राष्ट्रिय अभियान बनेको छ । आजको विश्वमा फेसबुकले आफ्नै भूमिकालाई बुझ्न नसकेका कारण उसँग सम्बन्ध बिच्छेद गर्नुपरेको भाइबरका सीईओ डिजामेल अग्वागुवाले बताएका छन् । 

बुधबार भाइबरले फेसुबक र उसको भगिनी एप इन्स्टाग्रामबाट आफ्नो सम्पूर्ण विज्ञापन हटाइसकेको छ । कम्पनीले अब चाँडै नै आफ्नो एपमा रहेका फेसबुकका सम्पूर्ण प्रविधिलाई समेत हटाउन वृहत प्रक्रियाको थालनी गर्ने जनाएको छ ।

हाल भाइबरले फेसबुकका विभिन्न टूलहरु प्रयोग गर्दै आइरहेको छ । अधिकांश एपहरुमा जोडिन फेसबुकमा लग ईन हुन आवश्यक हुन्छ ।

यसबाहेक फेसबुकले गत मेमा एनिमेटेड जीआईएफ सर्च इञ्जिन गिफ्फीको स्वामित्व खरिद गरेको थियो । गिफ्फीको सेवा भाइबरले समेत प्रयोग गर्दै आएको छ । 

भाइबर सेवामा लग ईन हुन फेसबुक कनेक्ट सोलुसन मनपराउने प्रयोगकर्ताहरुलाई कम्पनीको पछिल्लो निर्णयले प्रभाव पार्ने छ । उक्त निर्णयले भाइबर कम्पनीलाई पनि प्रभावित पार्ने सीईओ अग्वागुवाले स्वीकार गरेका छन् ।

यसअघि यूके आर्म्स अफ द नर्थ फेस एण्ड पाटागोनिया दुवै कम्पनीले गत जुलाईमा फेसबुकबाट आफ्ना सम्पूर्ण विज्ञापनहरु हटाएका थिए । भर्खरै युनिलिभर कम्पनीले समेत फेसबुकमा गर्दै आएको आफ्नो विज्ञापन बन्द गरेको छ ।

जसका कारण फेसबुकको मार्केट शेयर घट्दा कम्पनीलाई करिब पौने नौ खर्ब रुपैयाँ (७.२ अर्ब अमेरिकी डलर) घाटा लागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३