close

अमेरिकी कम्पनी इनफोकसका फिचर फोन नेपाली बजारमा

टेकपाना टेकपाना

असार १३, २०७७ १९:५७

अमेरिकी कम्पनी इनफोकसका फिचर फोन नेपाली बजारमा

काठमाडौं । अमेरिकन प्रविधि कम्पनी इनफोकसले नेपाली बजारमा भाइब वान र भाइब थ्री गरी दुई वटा फिचर फोन सार्वजनिक गरेको छ । प्रोजेक्सन र डिस्प्ले प्रविधि विकासमा स्थापित कम्पनी इनफोकसले बनाएका बारफोन नेपाली बजारमा भित्रिएका हुन् ।

कम्पनीअनुसार भर्खरैमात्र बजारमा सार्वजनिक भएका यी फोन अन्य ब्राण्डका फोनको तुलनमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । नेपालको फिचर फोनको बजारमा नयाँ आयाम सिर्जना गर्ने उद्देश्यका साथ यी फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भाइब वानमा २६० मेगाहर्जको प्रोसेसर रहेको छ । ३२ एमबीको र्‍याम रहेको फोनमा ३२ एमबीकै इन्टरनल स्टोरज छ । जसलाई एसडी कार्ड प्रयोग गरी ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । फोनमा फ्ल्यास सहितको डिजिटल रियर क्यामेरा समेत रहेको छ ।

१.८ इञ्चको स्क्रीन रहेको यो फोनमा दुई वटा सिमकार्ड प्रयोग गर्न मिल्छ । १००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोनका बजार मूल्य ११ सय ५० रुपैयाँ रहेको छ ।

यसका साथै फोनमा जीपीएस, ब्लुटुथ, वायरलेस एफएम, एलईडी टर्च, प्री–इन्स्टल्ड गेम लगायतका फिचर समेत रहेका छन् ।

त्यस्तै भाइब थ्रीमा ३२ एमबीको र्‍याम र ३२ एमबीकै इन्टरनल स्टोरज रहेको छ । जसलाई एसडी कार्डमार्फत ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

फोनमा जीपीआरएस, फेसबुक, इन्टरनेट ब्राउजीङ, एलईडी टर्च लगायतका फिचर रहेका छन् ।फ्ल्यास सहितको ०.३ मेगापिक्सेलको क्यामेरा रहेको यो फोनमा २.४ इञ्चको क्यूभीजीए स्क्रीन रहेको छ ।

यसमा पनि दुई वटा सिम प्रयोग गर्न सकिन्छ । १००० एमएएचको क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोन बजारमा १५ सय रुपैयाँमा पाउन सकिनेछ । इनफोकसका फोन कार्तुस टेक्नोलोजी प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३