close

भिडियो कन्फ्रेन्सका १० विकल्प

टेकपाना टेकपाना

असार १४, २०७७ १४:२१

भिडियो कन्फ्रेन्सका १० विकल्प

काठमाडौंं । कोभिड १९ को लकडाउनको कारण अहिले भिडियो कलिङ एपहरुको चर्चा र माग सर्वत्र छ । यसैबीच जूम जस्तो भिडियो कन्फ्रेन्सिङ एपकहरुको नाम त धेरैले सुनेका छन् । 

यो भिडियो कन्फ्रेन्सिङ एप निःशूल्क र सःशूल्क दुवैमा भर्सनमा उपलब्ध छ । आज हामी तपाईंलाई इन्टरनेटमा उपलब्ध लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एपहरुका बारेमा बताउने छौं ।

जसमा कतिपय निःशूल्क त केही सःशूल्क छन् । यी एपहरुमा धेरै आकर्षक फिचरहरुनि छन् र केही फिचरहरु अपडेट हुने क्रममा पनि छन् । 

१. जूम

प्रयोग गर्न सजिलो इन्टरफेसका कारण जूम एप भिडियो कन्फ्रेन्सिङ एपमध्ये सबैभन्दा लोकप्रिय एप हो । यो सःशूल्क र निःशूल्क दुवै भर्सनमा उपलब्ध छ ।

यसको निःशूल्क भर्सनको मिटिङमा सय जनासम्मले सहभागिता जनाउन सक्छन् । तर निःशूल्क भर्सनमा सधैं ४० मिनेटको सीमा लागु हुन्छ । यसमा विशेष फिचर भनेको वान टु वान मिटिङमा असिमित समय कुराकानी गर्न सकिन्छ । 

२. स्काइपको ‘मीट नाव’ 

सन् २००३ मा बेटा रिलिज भएपछि स्काइप वान टु वान कुराकानीका लागि लोकप्रिय भिडियो कलिङ प्लेटफर्मको रुपमा रहि आएको छ । यसमा अहिले ‘मीट नाव’ नामक नयाँ फिचर थपिएको छ ।

एपको बायाँतर्फ रहेको मीट नाउमा थिचेपछि तपाईंले यसमा एक्सेस पाउन सक्नुहुन्छ । जसमा पचास जनासम्मले बिना कुनै अवरोध मज्जासँग भिडियो कन्फ्रेन्स गर्नसक्छन् ।

स्काइपमा अर्को पेज पनि छ । जहाँ तपाईंले एपमा साइन अप नै नगरी निःशूल्क भिडियो मिटिङ आयोजना गर्न सक्नुहुन्छ । यो प्रयोग गर्दा तपाईंले अझ धेरै फिचर पाउन सक्नुहुन्छ ।

यसमा तपाईंले तीस दिनसम्म कल रेकर्ड गरेर राख्न समेत सक्नुहुन्छ । तपाईंसँग एप छ भने पृष्ठभूमीलाई ब्लर गर्नुका साथै प्रिजेन्टेसन पनि शेयर गर्न सक्नुहुन्छ । 

३. सिस्को वेबेक्स 

९० को दशकदेखि सञ्चालनमा रहेको वेबेक्स भिडियो कन्फ्रेन्सिङ एपको स्वामित्व २००७ मा सिस्कोले खरिद गरेको थियो । विशेषगरी कम्पनीहरुका लागि विजनेस कन्फ्रेन्स लक्षित यो एप निःशूल्क भर्सनमा पनि उपलब्ध छ ।

लकडाउनको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले यसमा विभिन्न फिचरहरु  थप गरेको छ । निःशूल्क भर्सनमा ५० देखि सय जनासम्म सहभागी हुनसक्छन् ।

साथै यसमा ५० मिनेटसम्मको मिटिङ आयोजना गर्न सकिन्छ । यो एपमा मिटिङ रेकर्ड गरी सेभ गर्न पनि सकिन्छ । 

४. गूगल मीट

केही समय अघिसम्म ह्याङआउटको नामले चिनिने गूगल मीट शैक्षिक संस्था र गूगलको पेड सेवा जी सूटका सब्स्क्राइबरहरुका लागि मात्र उपलब्ध थियो । तर अब भने यो एप सबैका लागि निःशूल्क रुपमा उपलब्ध भएको छ ।

यो एउटा सामान्य भिडियो च्याट प्लेटफर्म हो । यसमा होस्ट गर्न वा सहभागी हुन दुवैका लागि गूगल अकाउन्ट हुन आवश्यक हुन्छ ।  यो एपले आगामी सेप्टेम्बर ३० सम्मका लागि भन्दै अनलिमिटेड मिटिङ सुविधा दिएको छ ।

तर त्यसपछि भने यसको मिटिङ सुविधा ६० मिनेटको हुनेछ । यसमा सयजनासम्म सहभागी हुनसक्छन् । यसमा हल्ला रोक्ने फिचर पनि समावेश छ । 

५. ब्ल्यू जिन्स मिटिङ 

ब्ल्यू जिन्स एउटा भिडियो कन्फ्रेन्सिङ सोलुसन हो । जुन इन्स्ट्यान्ट कनेक्सनमा केन्द्रीत छ ।  यो एपको प्रविधिमा डल्बी भ्वाइस राखिएको छ ।

यसमा ब्याकग्राउण्ड न्वाइज क्यान्सिलेसन पनि छ । जुन हार्डवेयरमा आधारित कन्फ्रेन्स रुम सिस्टम हो । यदि तपाईं यो एप प्रयोग गर्ने बारे सोच्दै हुनुहुन्छ भने सुरुवाती चरणमा तपाईंले यसलाई निःशूल्क परीक्षण गर्न सक्नुहुन्छ ।

यो एप सब्स्क्राइब गर्न तीन किसिमका प्याकेजहरु उपलब्ध छन् । सबैभन्दा पहिलो प्याकेज भनेको मी प्लान हो । जुन व्यक्ति र ससाना व्यवसायले प्रयोग गर्न सक्छन् । यसमा प्रति महिना होस्टले १६.६५ डलर पैसा तिर्छन् भने वार्षिक सब्स्क्रिप्सनको मूल्य १४९.९० डलर छ ।

यसमा ५० जना मान्छेहरु अटाउन सक्छन् । अर्को माइ टिम प्लानमा प्रति महिना १९.९९ डलर रहेको प्याकेज पनि छ । यसमा ७५ जना मान्छेहरु अटाउन सक्छन् ।

यसमा प्रति होस्ट १० घण्टाको क्लाउड रेकर्डिङ गर्न सकिन्छ । अर्को माइ कम्पनी प्लानमा असिमित क्लाउड रेकर्डिङ गर्न समेत मिल्छ र यसमा १५० जनासम्म सहभागी हुनसक्छन् ।

६. माइक्रोसफ्ट टिम्स

माइक्रोसफ्टको टिम्सको निःशूल्क भर्सनमा ईमेलमार्फत जाेसुकैले साइनअप गर्न सक्छन् । यसमा तीन सय मानिसहरु अटाउने क्षमता रहेको छ । 

अनलाइन अफिस एप प्रयोग गरेर यसमा डकुमेन्ट कोल्याबरेसन गर्न सकिन्छ । साथै प्रति प्रयोगकर्ता दुई जीबी तथा प्रति टिम १० जीबीसम्मको फाइल शेयर यसबाट गर्न सकिन्छ । 

७. गो टु मिटिङ 

लगम्लेन २०१६ मा सिट्रिक्सबाट गो टु मिटिङको स्वामित्व खरिद गरेको थियो । २०१९ को अन्त्यतिर आएर यो एपमा नयाँ फिचर सहित व्यापक अपडेट भएको थियो । यसले वेबब्राउजर र मोबाइल एपमा काम गर्छ ।

१४ दिनसम्म यसको निःशूल्क सेवा प्रयोग गरेपछि प्रयोगकर्ताले सःशूल्क योजना चयन गर्नुपर्ने हुन्छ । यसमा एउटा प्रोफेसनल प्याकेज छ, जसको १२ डलर प्रति महिना भुक्तानी गर्नु पर्ने हुन्छ । यसमा १५० जना सहभागी हुनसक्छन ।

यस्तै अर्को विजनेस प्याकेज प्रति महिना १६ डलर भुक्तानी गर्नुपर्छ । यसमा २५० जनासम्म अटाउन सक्छन् । यस्तै इन्टरप्राइज प्लानमा तीन हजार जनासम्म सहभागी हुनसक्ने सुविधा छ । 

८. जोहो मिटिङ 

अहिले जोहोका विश्वभर ५ करोड प्रयोगकर्ताहरु छन् । जोहो मिटिङले वेबनार, ट्रेनिङ तथा अनलाइन मिटिङहरुको सुविधा उपलब्ध गराउँछ ।

यो एप प्रयोग गर्दा प्रति महिना दश डलर तिर्नुपर्ने हुन्छ । यदि प्रयोगकर्ताले वार्षिक प्याकेज लिने हो भने प्रति महिना दश डलर तिर्नुपर्छ ।

यसमा सय जना जति सहभागी हुनसक्छन्  र  यो प्लेटफर्मले दश वटा रेकर्डेड मिटिङका लागि स्टोरेज उपलब्ध गराउन सक्छ । यो चाहिँ पूर्ण रुपमा ब्राउजरमा आधारित कन्फ्रेन्सिङ सोलुसन हो ।

९. स्ल्याक

टिममा सहकार्य गरी काम गर्न होस् वा भिडियो मिटिङ, दुवैका लागि स्ल्याक सधैं सबैको राम्रो सोलुसन मानिन्छ ।

तर यो म्याक, विण्डो र लिनक्स जस्ता डेस्कटप प्लेटफर्ममा मात्र प्रयोग गर्न सकिन्छ । यसको एन्ड्रोइड एफमा भ्वाइस कल मात्र गर्न सकिने सुविधा छ । 

१०. जोइन डट मी

थोरै बजेट भएकाहरुका लागि लगम्लेन फेमिलीको यो अर्को भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हो । यो एपमा स्क्रीन शेयर गरेर तीन जनासम्मले निःशूल्क अडियो कल गर्न सकिन्छ । यसमा फरक किसिमको युजर इन्टरफेस छ ।

जहाँ प्रत्येक सहभागीलाई गोलो गोलो बबल्समा देख्न सकिन्छ । यसको भुक्तानी गरेको भर्सनमा प्रति महिना दश डलको भुक्तानीमा पचास जनासम्म सहभागी भएर मिटिङ गर्न सक्छन् । जसमा कुनै समयको सीमितता हुँदैन ।

यस्तै प्रो भर्सनमा जाने हो भने प्रति महिना २० डलर तिर्नुपर्ने हुन्छ । जसमा २० डलर प्रति महिना भुक्तानी गर्दा २५० जनासम्मले सहभागी हुन मिल्छ भने ५० जीबीको क्लाउड स्टोरेज रेकर्डिङ अप्सन पनि छ । यस्तै एक टीबी स्टोरेजका लागि प्रति महिना ३० डलर तिर्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३