close

हिमालय एयरलाइन्समा ह्वावेको एआई र क्लाउड

टेकपाना टेकपाना

असार १५, २०७७ १०:५०

हिमालय एयरलाइन्समा ह्वावेको एआई र क्लाउड

काठमाडौं । हिमालयन एयरलाइन्सले एआई प्रविधि (कृतिम वौद्धिकता) र क्लाउड सिस्टम प्रयोगका लागि ह्वावेसँग सम्झौता गरेको छ । ह्वावेले उपलब्ध गराउँदै आएको क्लाउड सर्भिस र एआई प्रविधिको प्रयोगमार्फत व्यवस्थापन र वित्तीय प्रणालीलाई डिजिटाइजेशन गरी आन्तरिक दक्षता सुधार गर्ने योजनाका साथ उक्त सम्झौता भएको हो ।

यस सम्बन्धमा आइतबार ललितपुरमा रहेको ह्वावेको कार्यालयमा दुई पक्षीय सम्झौता भएको थियो । सझौतामा हिमालय एयरलाइन्सका सीईओ जोउ एन्योङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेंग शुइगेनले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा हिमालय एयरलाइन्सका सीईओ एन्योङ्गले हिमालय एयरलाइन्स अहिले डिजिटल रूपान्तरणको मुख्य चरणमा रहेको भन्दै ह्वावेसँगको सम्झौताले यो योजना साकार गर्न मद्दत पुग्ने बताएका छन् ।

यसले कम्पनीको वृद्धि विकासमा समेत मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । सम्झौता अनुसार ह्वावेले पहिलो चरणमा हिमालय एयरलाइन्सलाई क्लाउड सेवा प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३