close

अब दराजमा पनि अनलाइन भुक्तानी

टेकपाना टेकपाना

असार १५, २०७७ १२:४९

अब दराजमा पनि अनलाइन भुक्तानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईकमर्श प्लेटफर्म दराज नेपालले अनलाइन भुक्तानी लिन सुरु गरेको छ । अनलाइन अर्डरमा विभिन्न सामग्रीको डेलिभरी सेवा दिँदै आएको दराजबाट सामान खरिद गर्दा अबदेखि ईसेवाबाट भुक्तानी गर्न सकिने भएको हो ।

यस अघि दराजको सामान अर्डरमा कार्ड तथा नगद भुक्तानी मात्र विकल्पको रुपमा रहेको थियो । दराज र ईसेवाको सहकार्य सुरु भएसँगै अब दराजको एप तथा वेबसाइटबाट सामान अर्डर गर्दा भुक्तानीको विकल्पमा ईसेवा समेत देखिनेछ ।

दराजले क्रमशः अन्य डिजिटल भुक्तानी सेवाप्रदायकलाई समेत आफ्नो प्रणालीमा आवद्ध गर्दै लैजाने बताएको छ । अन्य ईकमर्श साइटहरुले यस अघि नै अनलाइन भुक्तानी स्वीकार गर्न थालेको भए पनि दराजले भने भर्खर आएर मात्र यसको थालनी गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३