close

जूमबाटै सम्पन्न भयो सीएनआईको वार्षिक साधारणसभा

टेकपाना टेकपाना

असार १५, २०७७ १८:३०

जूमबाटै सम्पन्न भयो सीएनआईको वार्षिक साधारणसभा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले पहिलोपटक आफ्नो १७ औं वार्षिक साधारण सभा भर्चुअल प्लेटफर्ममार्फत सम्पन्न गरेको छ । नेपाली उद्योगी व्यावसायीहरुको छाता संगठनको रुपमा रहेको परिसंघले सोमबार अनलाइन प्लेटफर्म जूममार्फत आफ्नो महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा रहेको उक्त कार्यक्रममा कार्यक्रममा सबै अतिथि तथा सदस्यहरुले भर्चुअल रुपमा नै सहभागीता जनाएका थिए ।

कार्यक्रममा  उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, परिसंघका अध्यक्ष सतिशकुमार मोर र परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३