close

अनलाइन शिक्षाका लागि इन्टरनेट जोडिदिन टेलिकमलाई गोलञ्जोरवासीको बिन्ती

टेकपाना टेकपाना

असार १६, २०७७ १६:४३

अनलाइन शिक्षाका लागि इन्टरनेट जोडिदिन टेलिकमलाई गोलञ्जोरवासीको बिन्ती

काठमाडौं । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यार्थीलाई इन्टरनेट सेवा उपलब्ध गराइदिन नेपाल टेलिकमसँग आग्रह गरेको छ । कोरोनाभाइरसका कारण अनलाइन शिक्षा सुरु भएको हालको अवस्थामा सबै विद्यार्थीलाई समेट्न नसकिएको भन्दै गाउँपालिकाले सोमबार नेपाल टेलिकमको मुख्यालयलाई पत्र काट्दै यस्तो आग्रह गरेको हो ।

‘हाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा गाउँपालिकाको ७ नम्बर वडासम्म पुगेको छ,’ उक्त पत्रमा अगाडि लेखिएको छ, ‘वडा नम्बर ७ सम्म उपलब्ध उक्त इन्टरनेट सेवा वडा नम्बर ६ को हैवार, देउरालिटार, गैरीगाउँ, वडा नम्बर ३ को ग्वाल्टार, मुर्कीवेसी, बसेरी, वडा नम्बर २ को वित्तिजोर, कुखुरेटार र वडा नम्बर १ को डुँडभञ्ज्याङ, च्याँकटारबेसीसम्म एफटीटीएच सेवा विस्तार गर्न आग्रह गरिन्छ ।’

उक्त क्षेत्रका करिब २५ सय भन्दा बढी घरधुरीका २५ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले बताए । उनले इन्टरनेट नहुँदा विद्यार्थीको पठन पाठनमा समेत असर परेको भन्दै गाउँपालिकाले टेलिकमसँग आग्रह गरेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३