close

फाइभजी टावर मर्मत गर्न सामसङले बनायो एआईमा आधारित ड्रोन

टेकपाना टेकपाना

असार १६, २०७७ १६:१५

फाइभजी टावर मर्मत गर्न सामसङले बनायो एआईमा आधारित ड्रोन

काठमाडौं । सामसङले फोरजी र फाइजी नेटवर्क टावरका एन्टेना कन्फिग्रेसन मापन गर्न ड्रोनमा आधारित आर्टिफिशियल इन्टेलिजेन्सको नयाँ सिस्टमले सफलतापूर्वक काम गरिरहेको जनाएको छ । 

सेलुलर एन्टेनाहरु विशेषगरी अग्ला अग्ला टावर तथा छानाहरुमा इन्स्टल गर्ने गरिन्छ । जब एन्टेना तथा टावर मर्मत गर्नुपर्ने हुन्छ, त्यस्तो बेला फिल्ड इञ्जिनियरहरु अग्ला अग्ला छानामा चढ्ने गर्छन् । तर सामसङको पछिल्लो नयाँ प्रणालीले टावर मर्मत गर्न सजिलो बनाइदिने भएको छ ।

Conventional Method (left) and Samsung’s New Drone-Based AI Solution (right).
टावर मर्मत गर्ने परम्परागत विधि बाँया र ड्रोनमा आधारित सामसङको आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन दायाँ । तस्वीरः सामसङ

यससँगै कर्मचारीहरुको सुरक्षा बढ्नुका साथै नेटवर्क पर्फमेन्समा समेत सुधार आउने अपेक्षा गरिएको छ । 

सामसङले आफ्नै क्याम्पसमा उक्त सिस्टम प्रद्धर्शन गरेको थियो । उक्त प्रणालीअन्तर्गत फिल्ड इञ्जिनियरहरुले क्यामेरा सहितको ड्रोनलाई स्मार्टफोनबाट नै नियन्त्रण गर्नसक्छन् ।

इञ्जिनियरले सो ड्रोन उडाएर टावरका एन्टेनाहरुको तस्वीर लिन सक्छन् । त्यसपश्चात एआईले एन्टेनाको अवस्थिति सही दिशामा घुमेको छ वा बाङ्गो छ भनेर जाँच गर्न सक्छन् । 

Samsung engineer is checking the results of the antenna configuration measurement on a smartphone screen.
स्मार्टफोन स्क्रीनमा एन्टेना कन्फिग्रेसनको मापन जाँच गर्दै सामसङका इन्जिनियर

फाइभजी नेटवर्क साइटको संख्या बढ्दै जाँदा नेटवर्कको पर्फमेन्सको विषयमा सेवाप्रदायकहरुको ध्यानाकर्षण बढ्दै गएको छ । यसैबीच साइट मर्मत सुधारका लागि बजारमा इन्टेलिजेन्स सोलुसनको माग बढ्दो छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३