close

कर्णालीमा पनि सरकारी ई-कमर्स, यसरी गर्नुहोस् अनलाइन अर्डर

टेकपाना टेकपाना

असार १७, २०७७ ९:५८

कर्णालीमा पनि सरकारी ई-कमर्स, यसरी गर्नुहोस् अनलाइन अर्डर

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत चैत २६ देखि राजधानीमा सुरु गरेको सेवा अब कर्णालीमा समेत पुगेको छ । मंगलबारदेखि कर्णालीको राजधानी सुर्खेतमा रहेको कम्पनीको कार्यालयबाट अनलाइन अर्डर तथा होम डेलिभरी सेवा दिन थालिएको हो ।

कम्पनीका अनुसार हाललाई कर्णालीको विरेन्द्र नगरपालिका सुर्खेतभित्र मात्र खाद्यान्न डेलिभरी सेवा दिइनेछ । यस अघि काठमाडौंको चक्रपथभित्र सीमित रहेको सरकारी ईकमर्स कम्पनीको सेवा पहिलो पटक राजधानी बाहिर विस्तार भएको हो ।

खाद्यान्न अर्डर गरेको एक दिनभित्र डेलिभरी दिइने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटबाट एक पटकमा कम्तिमा १४ सयदेखि पाँच हजार रुपैयाँसम्मको अर्डर गर्न सकिनेछ ।

लकडाउन अवधिभर डेलिभरी निःशूल्क गरिएको छ । सेवाग्राहीले  कम्पनीको वेबसाइटमा गएर आवश्यक सामग्रीको अर्डर गर्न सक्नेछन् । (सरकारी ईकमर्स कम्पनीबाट सामान अर्डर गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । भविष्यमा क्रमशः अन्य स्थानमा समेत सेवा विस्तार गरिने कम्पनीले जनाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउन सुरु भएपछि सरकारी स्तरबाट नेपालमै पहिलो पटक अत्यावश्यक खाद्य सामग्रीको अनलाइन अर्डर तथा होम डेलिभरी सेवा सुरु भएको थियो ।

गएको जेठ २९ गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो अनलाइन अर्डर तथा डेलिभरी निजी ईकमर्स कम्पनी सस्तोडिल बाट समेत गर्ने गरी सम्झौता गरेको थियो । दुई कम्पनीबीच भएको सम्झौता अनुसार सरकारी ईकमर्सको अर्डर सस्तोडिलको वेबसाइट तथा एपबाट समेत गर्न सकिनेछ ।

सरकारी ईकमर्स कम्पनीबाट खाद्य सामग्री अर्डर गर्न काठमाडौंका लागि यहाँ र सुर्खेतका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३