close

इन्ट्री लेबलकै शक्तिशाली स्मार्टफोन रियलमी सीथ्री नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असार १७, २०७७ १६:२०

इन्ट्री लेबलकै शक्तिशाली स्मार्टफोन रियलमी सीथ्री नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । रियलमीले आफ्नो इन्ट्री लेबलको शक्तिशाली स्मार्टफोन रियलमी सीथ्री सार्वजनिक गरेको छ ।  यो १६ हजार ९९० रुपैयाँ मूल्य अन्तर्गतको सबैभन्दा शक्तिशाली इन्ट्री लेबलको स्मार्टफोन भएको कम्पनीको दाबी छ । 

जसलाई ‘ट्रिपल क्यामेरा, गेम मोन्स्टर’ नाम दिइएको छ । रियलमी सीथ्री, कम्पनीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजको परिस्कृत भर्सन हो । जसका विश्वभर एक करोड दुई लाख प्रयोगकर्ता रहेका छन् । 

रियलमी सीथ्री मूख्यतः पर्फर्मेन्स, ब्याट्री, डिस्प्ले र क्यामेरा गरी चार वटा कुरामा उत्कृष्ट फोन हो । यसमा मिडियाटेक हेलियो जी ७० प्रोसेसर छ । जसले सामान्य र गेमर दुवै किसिमका प्रयोगकर्ताका लागि लागि शक्तिशाली र तीब्र पर्फर्मेन्स प्रदर्शन सुनिश्चित गर्दछ । 

ब्लेजिंग रेड र फ्रोजन ब्लू रंगमा सार्वजनिक भएको यो फोनको बिक्री असार १० गतेबाट नै सुरु भएको हो । यो फोनमा तीन जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ । जसको मूल्य १६ हजार ९९० रुपैयाँमा राखिएको छ ।  

ट्रिपल एआई क्यामेरा फिचर

रियलमी सीथ्रीमा १२ मेगापिक्सेल प्लस र दुई मेगापिक्सलको रियर क्यामेरा सेटअप रहेको छ । पछाडितर्फ मूख्य क्यामेरामा एफ १.८ को ठूलो अपार्चर र १.२५ माईक्रोमिटर पिक्सेल साइज रहेको छ ।

यसले चार गुणासम्म जूम गर्न सक्छ र पीडीएएफ  अटोफोकसलाई सपोर्ट गर्दछ । यसले फोटोलाई दिनको उज्यालोमा कम प्रकाश र अँध्यारो वातावरणमा उज्यालो पार्दछ ।  यसमा राखिएको चार सीएम सुपर म्याक्रो लेन्सले साना वस्तुहरुको समेत राम्रो फोटो खिच्न सघाउँछ । 

रियलमी सीथ्रीमा क्रोमा बूस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिङ जस्ता रोमाञ्चक विशेषताहरु रहेका छन् । जुन यो सेग्मेन्टमा पाउन निकै मुस्किल छ ।

पिक्सेल लेबल म्यापिङ अल्गोरिदमको माध्यमबाट क्रोमा बूस्टले ब्राइटनेस र कलर एडजस्ट गर्दै, उत्तम तथा बहुआयमिक रेञ्जमा स्क्रीन कन्ट्रास्ट र गहिरो रंग प्रदान भर्दछ ।

यसबाहेक क्यामेराले स्वचालित एचडीआर मोडलाई समेत साथ दिन्छ । यसको अगाडि पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फ्रन्ट क्यामेरामा एआई ब्युटिफिकेशन फंसन, एचडीआर मोड, पोट्रेट मोड र प्यानो सेल्फी विशेषता रहेका छन् । 

स्टाइलिस डिजाइन र डिस्प्ले

रियलमी सीथ्रीमा ६.५ इञ्चको एचडी प्लस मिनी ड्रप डिस्प्ले छ । जुन यो सेगमेन्टकै ठुलो डिस्प्ले हो । यसमा रहेको ठूलो स्क्रीनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक सञ्जाल चलाउँदा रमाइलो अनुभव पाउन सकिन्छ । 

उत्कृष्ट ब्याट्री

रियलमी सीथ्रीमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । जसको साथमा ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सीथ्रीमा घण्टौंसम्म कुराकानी गर्न सकिन्छ, युटुवका भिडियोहरु हेर्न, गीतहरु सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसबाट रिभर्स चाजिङ समेत गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३