close

राष्ट्रिय सुरक्षामा ह्वावे र जेडटीईबाट खतरा रहेको अमेरिकाको ठहर

टेकपाना टेकपाना

असार १७, २०७७ १९:४४

राष्ट्रिय सुरक्षामा ह्वावे र जेडटीईबाट खतरा रहेको अमेरिकाको ठहर

एजेन्सी । अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले चिनियाँ टेलिकम कम्पनी ह्वावे र जेडटीई अमेरिकाको ‘राष्ट्रिय सुरक्षा चुनौती’ भएको घोषणा गरेको छ । यससँगै अमेरिकी टेलिकम कम्पनीले संघीय कोषबाट उपलब्ध गराइने फण्डबाट चिनियाँ कम्पनी ह्वावे र जेडटीईमार्फत पूर्वाधार खरिद गरी जडान गर्न समेत रोक लगाइएको छ ।

एफसीसीका अध्यक्ष अजित पाईले ह्वावे र जेडटीईको विषयमा उपलब्ध तथ्यलाई नै आधार मानेर यो निर्णय लिइएको बताएका छन् । ‘चिनियाँ प्रविधि कम्पनीहरुले चीनको कानून मान्न बाध्य छन् । उनीहरु सरकारको खुफिया संयन्त्रसँग सहकार्य गर्दै अमेरिकाको जासुसी गरिरहेको दाबी अ‍मेरिकाको संघीय संस्थाहरु र सांसदले पनि गर्दै आएका थिए,’ पाइले भने, ‘यसलाई ह्वावे र जेडटीईले सधैं अस्विकार गर्दै आएका छन् ।’

तर, निर्णय ह्वावे र जेडटीईको विपक्षमा भएको छ । यससँगै उनीहरुले ८.३ बिलियन डलरको युनिभर्सल सर्भिस फण्डमा सहभागी हुने पाउने छैनन् ।

‘हामी चिनियाँ कम्युनिस्ट पार्टीलाई हाम्रो सञ्चार पूर्वाधार कमजोरी बनाउन लगाएर त्यसबाट फाइदा उठाउन दिँदैनौं,’ फसीसीले जारी गरेको स्टेटमेन्टमा लेखिएको छ, ‘ह्वावे र जेडटीई चिनियाँ सरकार र त्यहाँको सैनिक शक्तीसँग नजिकमा रहेर काम गरिरहेको पुष्टी भएको छ । त्यसैले यस्तो निर्णय लिइएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३