close

राजमार्गका सवारीको ई-ट्रान्सपोर्टेसन दोस्रो वर्षमा, यसरी लिनुहोस् अत्यावश्यक सेवा

टेकपाना टेकपाना

असार १८, २०७७ १३:२२

राजमार्गका सवारीको ई-ट्रान्सपोर्टेसन दोस्रो वर्षमा, यसरी लिनुहोस् अत्यावश्यक सेवा

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने उद्देश्यका साथ सुरु गरिएको ई-ट्रान्सपोर्टेसन सर्भिसले एक वर्ष पूरा गरेको छ। ई-ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेहिकल ब्रेकडाउन सर्भिस’ को सेवा दिँदै आएको छ।

बेलायतमा आईटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायातलाई व्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधन तुरुन्त मर्मतको सेवा दिने उद्देश्यका साथ ई-ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका थिए ।

पहिलो बर्षमा चार हजार ५३६ ट्रक र १०३ निजी सवारीसाधन यो कम्पनीको सेवामा आवद्ध भएका छन् । त्यस्तै मूख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन् । जसले समस्यामा परेका सवारीसाधनलाई मर्मतको सुविधा दिँदै आएका छन् ।

ई-ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई  छिटो र व्यवस्थित कामका लागि सजिलो बनाउँछ । यस्तै भेहिकल ब्रेकडाउन सर्भिस अन्तर्गत मूख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्ने गरिएको मण्डल बताउँछन् ।’

सवारी धनी/चालकले गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट नेपाल इटीयस (NepalEts) सर्च गरेर ई-ट्रान्सपोर्टेसनको मोबाइल एप डाउनलोड गरेर दर्ता गराएर सेवा लिन सक्छन् । यो सेवा लिन निश्चित विर्षिक शूल्क भने तिर्नुपर्ने हुन्छ ।

यसरी कम्पनीले राजमार्गमा समस्यामा परेका सवारीसाधनलाई कम शूल्कमा अत्वाश्यक सेवा दिँदै आएको छ । दर्ता भएका ग्राहकले मोबाइल एपसँगै ९८५७०७७७८८ मा सिधै फोन गरेर पनि ई-टान्सपोर्टेसनको सेवा लिन सक्छन् ।

‘बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौं भन्ने लामो हुटहुटीले यो स्टार्टअप सुरु गर्ने सोँच पलाएको थियो,’ मण्डल भन्छन् । बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ लगायत विभिन्न व्यावसायी समिती तथा संघसँग समन्वय गरी ढुवानी यातायात व्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग मिलेको मण्डलले सुनाए ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३