close

लकडाउनका कारण बढ्यो मोबाइलको मूल्य

टेकपाना टेकपाना

असार १८, २०७७ १४:३६

लकडाउनका कारण बढ्यो मोबाइलको मूल्य

काठमाडौं । नेपालमा मोबाइलको मूल्य बढेको छ । लकडाउनका कारण स्मार्ट फोन अभाव भएसँगै आयातकर्ताहरुले मोबाइलमा पाँचदेखि दश प्रतिशतसम्म मूल्य बढाएका हुन् । 

बजारमा मोबाइल अभाव भएको तथा लकडाउनका आयात प्रभावित भएका कारण मूल्य बढाउनुपरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दिपल मलहोत्राले बताए । ‘प्लेन चार्टर गर्नुपर्ने भएकाले आयात गर्दाको लागत बढेको छ,’ उनले भने, ‘त्यसै कारणले नै मोबाइलको मूल्य बढाउनु परेको हो ।’

अहिले विभिन्न ब्राण्डका मोबाइल फोन बिक्रेताहरुले बजेट फोनमा हजारदेखि १५ सय तथा महंगा फोनमा पाँचदेखि सात हजारसम्म मूल्य बढाएर बिक्री गरिरहेको न्यूरोड स्थित ताम्राकार कम्प्लेक्स मोबाइल व्यवसायी संघका अध्यक्ष जगत् साउदले बताए । तर अन्तर्राष्ट्रिय बजारमा मोबाइल निर्माणकर्ता कम्पनीले भने मोबाइलको मूल्य बढाएका छैनन् ।

विश्व स्वास्थ संकटका कारण नियमित उडान बन्द आयातकर्ताले चीन तथा हङकङबाट विमान चार्टर गरेर मोबाइल फोन भित्र्याइरहेका छन् । सामान्य अवस्थामा प्रतिकेजी २ डलर शूल्क उठाउने कार्गो विमानले अहिलेको अवस्थामा पाँच डलरमसम्म असुलेका कारण मूल्य बृद्धि गर्नपरेको साउदले बताए । 

उनले अगाडि भने, ‘मूख्य कुरा भनेको अहिले बजारमा मोबाइल फोन छैन । यसोहुँदा व्यापारीहरुले पनि अंकित मूल्यमा केही रकम बढाएर बिक्री गर्ने कार्य गरिरहेका छन् । अहिले नाफाको मार्जिन समेत १० प्रतशित मात्र राखेर बिक्री भइरहेको छ ।’ 

मोबाइल आयातकर्ता संघले आपसी सहमतिमा मोबाइल फोनको मूल्य करिब पाँच प्रतिशत बढाएको अध्यक्ष मलहोत्रा बताउँछन् । उनी भन्छन्, ‘अधिकांश आयातकर्ताहरुले बिचार गरेरै पाँचदेखि दश प्रतिशतसम्म मूल्य बढारइरहेका छन् । हामीले सामसङ मोबाइलमा ‌औषत पाँच प्रतिशतले मूल्य बढाएर बिक्री गरिरहेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३