close

नेपालमै पहिलो पटक आयोजना हुँदै भर्चुअल ह्याकाथन ‘क्वान्टम ह्याक’

टेकपाना टेकपाना

असार १८, २०७७ २१:४१

नेपालमै पहिलो पटक आयोजना हुँदै भर्चुअल ह्याकाथन ‘क्वान्टम ह्याक’

काठमाडौं । पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको पहलमा नेपालमै पहिलो पटक भर्चुअल रुपमा ‘ह्याकाथन’ (कम्युटर प्रोग्रामिङसम्बन्धी एक सम्मेलन) आयोजना हुने भएको छ । ‘क्वान्टम ह्याक’ नाम दिइएको उक्त ह्याकाथन नेक्स्टजेन प्रालिसँगको सहकार्यमा हुने भएको हो ।

आयोजकका अनुसार ह्याकाथन आगामी साउन १६ र १७ गते गरी दुई दिनसम्म हुनेछ । २४ घण्टाका लागि आयोजना हुने उक्त सम्मेलनमा विश्वभरबाट २४० जनाको सहभागीता रहने छ । यसलाई नेपालकै पहिलो भर्चुअल ह्याकाथन भएको आयोजकको दाबी छ ।

कार्यक्रममा ठूलो संख्यामा अन्वेषकहरु सहभागी हुनेछन् । सहभागीहरुले एकअर्कासँग सहकार्य गरी वास्तविक जीवनमा आइपर्ने समस्यालाई छोटो समयमा समधानका लागि काम गर्नेछन् ।

आयोजकका अनुसार सहभागीहरुले नयाँ प्रविधि आविष्कार र नयाँ सोच एकआपसमा शेयर समेत गर्नेछन् । कार्यक्रममा डिजास्टर म्यानेजमेन्ट (विपद् व्यवस्थापन) , फिनटेक (वित्तीय प्रविधि), शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका विषयमा हुने शत्रहरुमा प्राविधिक तथा गैरप्रविधिक दुवै क्षेत्रका मानिसको सहभागीता रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३