close

जूम लिएर भुटान पुग्यो नेपाली कम्पनी

टेकपाना टेकपाना

असार १८, २०७७ २२:२६

जूम लिएर भुटान पुग्यो नेपाली कम्पनी

काठमाडौं । चर्चित भिडियो कन्फ्रेन्सिङ एप लिएर एक नेपाली कम्पनी भुटान पुगेको छ । नेपालको स्थापित प्रविधि कम्पनी जेनेस टेक्नोलोजी नेपालले जूमलाई भुटानी बजारमा प्रवेश गराएको हो ।

कम्पनीले भुटानमा जूमको सःशूल्क एप तथा सफ्टवेयर बिक्री गर्न स्थानीय ई-कमर्स कम्पनी कुवेन्द्रल बीटीसँग सहकार्य गरेको छ । कुवेन्द्रल बीटीले अनलाइन शिक्षा र इन्टरनेटबाट काम गर्ने सहजताका लागि जूमको अफिसियल प्याकेज भित्र्याउन जेनेस्‌सँग सहकार्य थालिएको उल्लेख गरेको छ ।

Kuendrel in partnership with Genese is bringing to you official Zoom Packages for seamless e-Working and e-Learning. So…

Posted by Kuendrel.bt on Thursday, July 2, 2020

जेनेस्‌का संस्थापक अञ्जनि फुयाँलले कम्पनीलाई भुटानमा उपस्थित गराउन सकेकोमा आफू उत्साहित रहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘यसैगरी हामी अन्य मुलुकहरुमा पनि जान खोजिरहेका छौं ।’ जेनेस्‌ले जूमसँगको सहकार्यमा नेपालमा समेत सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ ।

जेनस्‌ले संभवतः शुक्रबारदेखि श्रीलंकामा जूम उपलब्ध गराउने बताइएको छ । बेलायतमा सुरुवाती समयदेखि जूमको आधिकारिक बिक्रेता रहेको कम्पनीले आफ्नो उपस्थिति रहेका देशहरु पाकिस्तान, बंग्लादेश, अस्टेलिया र भारतमा छिट्टै जूमको बिक्री थाल्ने योजनामा छ । त्यस बाहेकका अन्य मुलुकहरुमा समेत आधिकारिक रुपमा जूम उपलब्ध गराउने प्रयास भइरहेको फुयाँलले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३