close

फेसबुक पे पुनः सुचारु गर्न ब्राजिलसँग आग्रह गर्दै ह्वाट्सएप

टेकपाना टेकपाना

असार २०, २०७७ १८:५९

फेसबुक पे पुनः सुचारु गर्न ब्राजिलसँग आग्रह गर्दै ह्वाट्सएप

एजेन्सी । ब्राजिलमा सुरु गरेको ‘फेसबुक पे’ पुनः सञ्चालनको माग गर्दै ह्वाट्सएपले ब्राजिलको केन्द्रीय बैंकसँग कुरा अघि बढाएको छ । यसअघि फेसबुकले ह्वाट्सएपबाटै भुक्तानी गर्न सकिने गरी ब्राजिलमा पहिलो पटक डिलिटल भुक्तानी गेट–वेको रुपमा फेसबुक पे सार्वजनिक गरेको थियो ।

ह्वाट्सएपबाट साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यका साथ भुक्तानी प्रणाली सञ्चालनमा ल्याइएको भन्दै फेसबुकले उल्लेख गरेको थियो । तर, सेवा सुरु गरेको एक साता वित्न नपाउँदै ब्राजिलको केन्द्रीय बैंकले आफ्नो देशमा उक्त सेवामाथि रोक लगाएको थियो ।

बैंकले यसरी ह्वाट्सएपले भुक्तानी सेवा सुरुगर्दा बजार बिग्रिने अवस्था आएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । सुरक्षाको हिसाबले पनि यसमा केही कमजोरी रहेको उल्लेख गर्दै बैंकले त्यस्तो निर्णय लिएको थियो ।

बैंकले ह्वाट्सएपको साझेदारको रुपमा रहेको मास्टरकार्ड र भिषालाई समेत यो सेवा बन्द गर्न निर्देशन दिएको थियो । ह्वाट्सएपको दोस्रो ठूलो बजारको रुपमा लिइएको ब्राजिलमा यसरी सेवा रोक्ने निर्देशन आएसँगै अन्यौलमा परेको ह्वाट्सएपले अहिले भने बैंकलाई पत्र पठाएको छ ।

पत्रमा ह्वाट्सएपले अहिलेको अवस्थामा अनलाइन पेमन्ट आवश्यक रहेकाले यस्तो सेवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै सेवा सुचार गर्न आग्रह गरिएको छ । उसले सुरक्षाको हिसाबले बैंकले ताकेको सम्पूर्ण मापदण्ड पुरा गर्न आफू तयार रहेको समेत बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३