close

डिभोर्स हुनुअघिको आफ्नो रेकर्ड समेत तोड्दै जेफ बेजोस बने विश्वकै धनी

टेकपाना टेकपाना

असार १९, २०७७ १७:३४

डिभोर्स हुनुअघिको आफ्नो रेकर्ड समेत तोड्दै जेफ बेजोस बने विश्वकै धनी

एजेन्सी । अनलाइन स्टोर अमेजनका संस्थापक जेफ बेजोस यसअघिका सबै रेकर्ड तोड्दै हालसम्मकै घनी व्यक्तिको रुपमा स्थापित भएका छन् । कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा ठूलो असर परिरहेको छ । तर, यस्तो अवस्थामा पनि बेजोसको सम्पत्तिमा भने कुनै असर परको छैन । उल्टै उनको सम्पत्ति हरेक साता भारी मात्रामा थपिने क्रममा छ ।

कोरोनाभाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था सिर्जना हुँदा ई–कमर्स कम्पनीहरु फस्टाएका छन् । जसको प्रतिफल बेजोसको सम्पत्ति लगातारय वृद्धि हुँदै गएको हो । ब्लुमवर्गले जारी गरेको नयाँ सूचांकअनुसार बेजोसको सम्पत्ति झन्डै १७२ अर्ब डलर पुगेको छ । जुन उनको अहिलेसम्मकै उच्च रेकर्ड हो ।

उनले यसअघिको आफ्नै रेकर्ड तोडेका हुन् । गत वर्ष उनले आफ्नी श्रीमती म्याकेन्जीसँग डिभोर्स गरेका थिए । डिभोर्स गर्दा उनको सम्पत्ति घटेको थियो । डिभोर्स भएको एक वर्षपछि उनले डिभोर्स हुनुअघिको आफ्नो सम्पत्तिको रेकर्ड यहि साता तोडेको हुन् ।

उनी डिभोर्स हुनु अघि भन्दा अझै धनी भएका छन् । ब्लुमवर्गका अनुसार अमेजनमा बेजोसको करिब १२ प्रतिशत सेयर रहेको छ । अमेजनको शेयर मूल्य बढ्दा बेजोसकी डिभोर्सी श्रीमति म्याकेन्जीको सम्पत्ति पनि उच्च भएको छ । म्याकेन्जी सम्पत्ति बढेर ५७ अर्ब डलर पुगेको उल्लेख गरिएको छ । अहिले म्याकेन्जी संसारकै १२ औं धनी व्यक्ति भएकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३