close

अनलाइन रिचार्ज गर्ने दुई जनालाई डिशहोमको १/१ लाख नगद

टेकपाना टेकपाना

असार २०, २०७७ १०:४३

अनलाइन रिचार्ज गर्ने दुई जनालाई डिशहोमको १/१ लाख नगद

काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले एक/एक लाख नगद पुरस्कार हात पारेका छन् । गत असार १२ देखि १८ गतेसम्म अनलाइनमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट विजेता घोषणा गरिएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट प्रशारण भएको लाइभ लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेता छनौट गरिएको थियो । लक्की ड्रबाट भाग्यशाली घोषित हुनेमा क्यास आईडी नम्बर ०२५५८१९७०६६ र ७१९०३७११४६४ रहेका छन् ।

विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ । आउने लक्की ड्र अगामी जेठ २६ गते सोही च्यानलबाट प्रशारण हुने जनाइएको छ । जसमा शुक्रबारदेखि आउँदो बिहीबार अर्थात २५ गतेसम्म अनलाइन फण्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकहरु समेटिनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३