close

फास्ट स्पीड अलावा फाइभजीमा के छ ?

टेकपाना टेकपाना

असार २०, २०७७ १२:३८

फास्ट स्पीड अलावा फाइभजीमा के छ ?

काठमाडौं । फाइभजी भनेकै तिब्र गतिको इन्टरनेट स्पीड हो । पछिल्लो पुस्ताको यो वायरलेस प्रविधिले डाउनलोड र अपलोड स्पीडलाई अल्ट्राफास्ट बनाइदिने छ । साथै यसले अन्य विभिन्न क्षेत्रमा समेत प्रभाव पार्ने कुरामा हामी ढुक्क छौं । 

सुरुवाती समयमा फाइभजीको लाभ हामीले फोनबाटै उठाउने छौं । जब यसले फोरजीलाई पूर्ण रुपमा विस्थापन गर्नेछ, तब फाइभजीको डेटा ट्रान्सफर स्पीड अहिलेको नेटवर्कको तुलनामा सय गुणा तिब्र हुनेछ । 

फाइभजी यात्रा हो, गन्तव्य होइन 

२०१९ मा वास्तविक विश्वमा पहिलोपटक भएको फाइजी स्पिडको परीक्षणपछि धेरै अपरेटरहरुले आफ्नो नेटवर्कलाई अझ धेरै विश्वनीय र सर्वव्यापी बनाउन लगानी गर्न थालेका छन् । 

ठूला फाइल डाउनलोड गर्न छिटो

स्पीडबिना फाइभजीको विषय सधैं अधुरो हुन्छ । आफूलाई मनपर्ने कुनै पनि वेब सिरिजको सबै सिजनको सिंगो फाइल प्रयोगकर्ताले आखाँ झिम्काएको गतिमा डाउनलोड गर्नसक्छन् । 

एक स्न्यापमा फाइल अपलोड सम्भव

अब कुनै पनि भिडियो टिकटकमा वा युट्युबमा अपलोड गर्नहोस् वा हाई रेजोलुसनको फोटो अनलाइन सेभ गर्नुस्, यो सबै काम चाँडै सम्भव हुन्छ । 

क्रिस्टल क्लियर भिडियो कल

फाइभजीका कारणले अब नेटवर्क कनेक्सनमा ल्याग हट्नेछ । यससँगै हाम्रो भिडियो कलिङमा दृश्य एकदमै कडा र चहकिलो रेजोलुसनमा देख्न सकिनेछ । साथै भिडियो कलको दौरान बफर वा फ्रिज हुने समस्या पनि हट्नेछ । 

रियल टाइममा भिडियो गेम स्ट्रिमिङ 

सीनेट

पब्जी भरपूर संसाधन युक्त गेम होस् वा अन्य कुनै रियल टाइम हाइ डेफिनेसन गेम, फाइभजीबाट यसको भरपूर मज्जा लिन सकिनेछ । 

फाइभजीको विकासले फोरजीलाई पनि तिब्र गतिको बनाउनेछ 

यदि कुनै अपरेटर फाइभजी प्रविधिमा जाँदैछ भने उसको फोरजी नेटवर्कले पनि लाभ पाउने देखिन्छ । फाइभजीमा नगएता पनि त्यसमा प्रयोग हुने अत्याधुनिक उपकरणहरुको हिस्सेदार हुने भएकाले फोरजीको गतिमा समेत विकास हुनेछ । 

रियल टाइममा हाई रेजोलुसन एआर 

सीनेट

पोकेमन गो तथा ह्यारीपोर्टर जस्ता अग्मेन्टेड रियालिटीमा आधारित गेमहरुले फोनको डेटा प्रयोग गरेर भर्चुअल विश्वका जीवहरुलाई वास्तविक विश्वमा उतार्ने गर्छ ।

फास्ट कनेक्सनले वस्तुहरुलाई थप व्यापक र वास्तविक जस्तो बनाउन सक्छ । यसको प्रयोग गेमबाहिर हुनेछ । 

ह्याण्ड्सफ्री भीआर

सीनेट

भीआर ह्याडसेटमा फाइभजीको योगदानबारे कुरा गर्दा यसले समृद्ध ग्राफिक्स र लो लेटेन्सी दिने अपेक्षा गर्न सकिन्छ । भीआर प्रयोग गर्दा असजिलो लाग्ने वा बान्ता आउनेहरुका लागि सजिलो बन्नेछ ।

अन्ततः यसको उद्देश्य भनेको क्लाउडमा ग्राफिक्स प्रदान गर्ने हो । विश्वकै सबैभन्दा ठूलो मोबाइल चिपमेकर कम्पनी क्वालकमका अनुसार फाइभजी भीआर तथा एआर कनेक्टेड फोनहरु बन्ने क्रममै छन् । 

औंलाको इशारामा चल्नेछ टीभी

सीनेट

सामसङले २०१९ फेब्रुअरीमा डेमोको रुपमा प्रस्तुत गरेको इन्टरएक्टिभ टीभीले धेरैको मन जित्यो । ग्यालेक्सी एस टेन फाइभजी नामक त्यो टीभीमा जब बेसबल गेम लाइभ भइरहेको थियो, तब दर्शकहरुले खेलाडीहरु आफ्नो नाङ्गो आखाँ अघि जस्तै रुपमा देखे ।

यस्तै सजिलै टीभी हेर्न ‍ दर्शकले औंलाले पनि टीभीलाई घुमाएको देख्न सकिन्थ्यो । यसरी तपाईंले जुनसुकै एंगलबाट जुनकै खेलाडीलाई पनि गेम खेलिरहेको सजिलै देख्न सक्नुहुन्छ ।

तत्काल भाषा अनुवाद

सीनेट

गूगल ट्रान्सलेसन जस्ता ट्रान्सलेसनबाट काम गर्दा एआईले धेरै समय लगाएर काम गर्छ । तर फाइभजीबाट धेरै अक्षर तथा आवाज एकदमै छिटो र त्रूटिबिना ट्रान्सलेट गर्न सकिनेछ । 

अल्ट्राफास्ट फाइभजी ल्यापटप 

सीनेट

फोरजी एलटीई सपोर्ट गर्ने ल्यापटप त बजारमा पहिले पनि छन् । अब कुनै पनि फोन, हटस्पट र वाईफाई एक्सेस बिना नै विश्वको जुनसुकै कुनाबाट फाइभजी नेटवर्क टिप्न सक्ने ल्यापटप पनि हामीमाझ आउँदैछन् ।

यस किसिमका पहिलो पु्ताका फाइभजी ल्यापटपहरु यसै वर्ष ल्याउने योजनाका साथ तयार गरिदैँछ । तर कोरोनाभाइरसका कारण यसमा केही बिलम्ब हुने देखिन्छ । 

फिक्स्ड फाइभजीले तपाईंको वाईफाईलाई विस्थापन गरिदिनेछ 

सीनेट

अब चाँडै नै तपाईंको घरको वाईफाई नेटवर्कलाई फाइभजीमा आधारित होम ब्रोडब्याण्डले विस्थापित गर्दैछ । तर मानिसहरु उत्साहित हुनुपछाडिको यो नै एउटा कारण होइन । यो प्रविधि आएसँगै तपाईंले आफ्नो केबल बक्सबाट वाक्क दिक्क हुने दिन पनि बाँकी रहने छैन । 

फास्ट रेस्पोण्डर, फास्टर रेस्पोण्डर बन्न सक्छ

सीनेट

फाइभजीको उच्च डेटा स्पीडले पहिलो अग्रमोर्चामा रहने जीवन रक्षार्थीहरुलाई थप धेरैको जीवन बचाउन मद्दत गर्नेछ । आफ्नो डिस्प्याच सिस्टमलाई शक्तिशाली नयाँ नेटवर्कबाट नियन्त्रण गरेर यस्ता रेस्पोण्डरहरुले चाँडै  रेस्पोन्स गर्न सकिनुका साथै छिटो रुपमा सहयोग पठाउन सक्नेछन् ।

सडक दुर्घटना घट्न सक्छ 

सीनेट

स्वचालित गाडी हाम्रो भोलिको भविष्य हो । जब यस्ता सवारीसाधनहरु फाइभजीबाट सञ्चालन हुनेछन् । उनीहरुले सेन्सर प्रयोग गरेर अर्को सवारीसाधनको नेटवर्कसँग सञ्चार गर्न सक्छन् । जसले दुर्घटनालाई भारी मात्रामा कटौती गर्नेछ ।

फाइभजीमा आधारित स्मार्ट सहर

स्मार्ट सहरको मुटुमा डेटा हुन्छ । जसको भारी उपलब्धताबाट एउटा शरलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । अबको नयाँ पुस्ताको नेटवर्क फाइभजीले स्मार्ट सीटीको नयाँ नेटवर्क पूर्वाधारलाई सजिलै धान्न सक्छ । 

टेलिमेडिसिनदेखि रिमोट सर्जरीसम्म 

फाइभजीले स्वास्थ्य क्षेत्रलाई विभिन्न तरिकाले सहयोग पुर्‍याउन सक्छ । रिमोट सर्जरी एउटा रोचक प्रविधि हो । यो एउटा रोबोटिक सर्जरी हो, जहाँ एउटा सर्जनले टाढै बसेर सर्जरीमा लागेको रोबोटलाई नियन्त्रण गर्दछ ।

तर फोरजीबाट यो सम्भव छैन । किनभने यस्तो संवेदनशिल काममा फोरजीको जस्तो नेटवर्कमा थोरै ल्यागिङ आए पनि प्रतिकूल परिणाम निम्त्याउन सक्छ ।

खेती प्रणाली तथा कृषि

फाइभजीको युगमा सेन्सर र ड्रोनको समायोजन गरेर किसानहरुलाई खाद्य उत्पादनमा ठूलो सहयोग पुर्‍याउन सकिनेछ । कनेक्टेड कोलारले घरपालुवा पशुपंक्षीहरुको रियल टाइम स्वास्थ्य अवस्थाको निगरानी गर्न मद्दत गर्दछ ।

ड्रोनले खेतबारीको तस्वीर हामीलाई ल्याएर देखाउन सक्छ । सेन्सरले खेतको तापक्रम र अन्य रासायनिक पदार्थको अवस्थाको जानकारी गराउन सक्छ । स्पीडको अलावा फाइभजीले अन्य धेरै क्षेत्रमा सहयोग पुर्‍याउन सक्छ ।

अझै चुस्त उद्योग

How to choose the right sensor - Manufacturing AUTOMATION

फाइभजी कनेक्टेड उद्योगमामा सेन्सर एउटा प्रमुख तत्व हो । जसले उत्पादकत्वका बारेमा स्वत: जानकारी अपलोड गर्नुका साथै मेसिनले काम नगरेको अवस्थामा श्रमिकलाई अलर्ट दिने र सबै कार्यसञ्चालनलाई चुस्त बनाउने काम गर्छ । 

सस्तो फाइभजी फोन र क्यारियर प्लान 

सीनेट

फाइभजी अहिले आफ्नो सुरुवाती समयमा छ र यो महंगो छ । तर समयसँगै यी फोनहरुको मूल्य घट्नुका साथै क्यारियरको योजना पनि अझै  सस्तो बन्दै जानेछ ।

एटी एण्ड टी कम्पनीले मात्र २०२० को अन्त्यसम्ममा १५ वटा फाइभजी फोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । टी मोबाइल पनि फाइभजी गेममा प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३