close

अब मोबाइल एपमै घर-जग्गा खरिद बिक्रीदेखि बहालसम्मको सुविधा

टेकपाना टेकपाना

असार २१, २०७७ १९:४७

अब मोबाइल एपमै घर-जग्गा खरिद बिक्रीदेखि बहालसम्मको सुविधा

काठमाडौं । एउटा कुनामा बसेर देशको कुनैपनि सहरमा घर-घडेरी, तथा बहाल खरिद तथा बिक्री गर्न अब सजिलो हुने भएको छ । देशकै सबैभन्दा ठूलो अनलाइन प्रोपर्टी मार्केटप्लेस बसोबास डट कमले प्रयोगकर्ताको सहजताका लागि एप सार्वजनिक गरेको हो ।

नयाँ तथा पुराना घर-घडेरी, सम्पत्ति खरिद बिक्री सम्बन्धि जानकारीसँगै देशभरका रियल स्टेटसम्बन्धी समाचार पनि यो एपमा पाउन सकिन्छ । सेवाग्राहीले यो एपमा सम्पत्तिको वर्तमान कानूनका साथै बजारको ट्रेण्डबारे जानकारी पनि थाहा पाउन सक्छन् ।

नेपालमा रियल स्टेट व्यवसायको बारेमा कुनै पनि अपडेट छुटाउन चाहनुहुन्न भने यो एप तपाईंका लागि उत्कृष्ट स्रोत बन्न सक्छ । बसोबास डट कममा घर तथा जमिन स्वामित्वकर्ताहरुले आफ्नो सम्पत्तिको बजारीकरण गर्नसक्छन् । 

एपमा अरु के छ ?

यो एपमा रहेको नयाँ होम स्क्रीनको नेभिगेसन एकदमै सजिलो छ । एउटा बटन क्लिकको भरमा प्रयोगकर्ताले घर, प्लट तथा व्यावसायिक सम्पत्तिहरु ब्राउज गर्नसक्छन् । साथै प्रयोगकर्ताले सेभ प्रोपर्टिमा आफ्नो सर्च हिस्ट्री हेर्नसक्छन् ।

यसमा होम लोन सेग्मेन्ट पनि छ, जहाँ तपाईंले होम लोनको प्रक्रिया थाहा पाउन सक्नुहुन्छ भने होम लोनको अनलाइन फारम पनि भर्नसक्नुहुन्छ । 

प्रयोगकर्ताहरुले दिएको सुझावअनुसार प्रोपर्टीको सूचीमा आफूलाई मन परेको प्रोपर्टी हेर्न पनि सक्छन् । सम्पत्तिका स्वामित्वकर्ताहरुले एपमा निःशूल्क सम्पत्तिको सूची बनाएर विज्ञापन गर्न सक्छन् । एक महिना अघि सार्वजनिक भएको यो एपले गूगल प्ले स्टोरमा भर्खरै एक हजार डाउनलोड पुरा गरेको छ । 

एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३