close

टिकटक प्रतिबन्धमा परेसँगै भारतमा ‘रिल्स’ ल्याउँदै इन्स्टाग्राम

टेकपाना टेकपाना

असार २२, २०७७ १८:३

टिकटक प्रतिबन्धमा परेसँगै भारतमा ‘रिल्स’ ल्याउँदै इन्स्टाग्राम

एजेन्सी । चीनसँग उत्पन्न सीमा विवाादका कारण अघिल्लो सातामात्रै भारतले ५९ वटा चिनियाँ एपमाथी प्रतिबन्द लगायो । एप प्रतिबन्द गर्नुको पछाडि ती एपले प्रयोगकर्ताको अनावश्यक जानकारी संकलन गरी चीन सरकालाई उपलब्ध गराउँदै आएको आरोप भारतले लगाएको छ ।

यो प्रतिबन्दसँगै भारतमा निकै चर्चित टिकटक पनि बन्द भयो । टिकटकमाथिको प्रतिबन्धसँगै स्थानीय छोटो भिडियो शेयरिङ एपहरुले आफ्नो बजार विस्तार गर्ने काम गरिरहेका छन् । यसैबीच फेसबुकले पनि सर्ट भिडियोको भारतीय बजारमा आफ्नो उपस्थिति जनाउने तयारी गरेको छ ।

फेसबुकले इन्स्टाग्राममा उपलब्ध ‘रिल्स’ नामक फिचर भारतमा परिक्षण गरिरहेको जनाइएको छ । इन्स्टाग्राममा उपलब्ध ‘रिल्स’ भिडियो एडिटिङ टूल हो । जसमार्फत प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो बनाएर इन्स्टाग्रामको स्टोरिज र टप रिल्स सेक्सनमा राख्न सक्नेछन् ।

उक्त भिडियो डाइरेक्ट म्यासेज (डिएम) मा पनि शेयर गर्न सकिनेछ । बिजनेस इन्साइडरका अनुसार भारतमा कतिपय इन्स्टाग्राम प्रयोगकर्ताले एप अपडेटमा यो फिचर प्राप्त गरिसकेका छन् भने, फेसबुकका प्रवक्ताले पनि रिल्स नामक फिचर भारतमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गराएका छन् ।

‘हामी रिल्सको अपडेट भर्सनको परीक्षणमा छौं, जुन आगामी दिनमा कतिपय देशमा यो सेवा उपलब्ध हुनेछ,’ फेसबुकका प्रवक्ताले भनेका छन्, ‘रिल्स रमाइलो र सिर्जनात्मक रुपमा भिडियो बनाएर आफ्नो भावना प्रस्तुत गर्ने एउटा राम्रो माध्यम हुनेछ । यो फिचर पहिलो पटक ब्राजिलमा गत वर्ष परीक्षण गरिएको थियो । अब यसलाई विश्वका धेरै प्रयोगकर्तामाझ ल्याउन पाउँदा हामी निकै उत्साहित छौं ।’

यो फिचर नेपालमा उपलब्ध हुने वा नहुने भन्ने विषयमा भने कुनै उल्लेख छैन् । तर, विश्वका धेरै मुलुकमा यो फिचर रिलिज गर्ने तयारी भइरहेको हुँदा नेपालमा समेत ढिलो चाडो उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३