close

फिक्स्डलाइनबाटै खपत हुन्छ नेपालको ८९ प्रतिशत इन्टरनेट ब्याण्डविथ

टेकपाना टेकपाना

असार २३, २०७७ १२:५४

फिक्स्डलाइनबाटै खपत हुन्छ नेपालको ८९ प्रतिशत इन्टरनेट ब्याण्डविथ

काठमाडौं । नेपालमा कूल खपत हुने ब्याण्डविथमा ८९ प्रतिशत फिक्स्ड इन्टरनेटबाट हुने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा प्रविधि पत्रकार मञ्जले आयोजना गरेको वेबनारमा बोल्दै नेपाल इन्टरने एक्सचेञ्ज (एनपीआईएक्स) बोर्डका अध्यक्ष समित जन थिनले यस्तो आँकडा प्रस्तुत गरेका हुन् ।

उनका अनुसार हाल नेपालमा विदेशबाट ५ सय जीबीपीएस ब्याण्डविथ भित्रिरहेको छ भने नेपालकै १६ सय जीबीपीएस ब्याण्डविथ लोकल खपत भइरहेको छ । त्यस्तो ब्यण्डविथ खपत ८९ प्रतिशत फिक्स्ड ब्रोडब्याण्ड अर्थात इन्टरनेट सेवाप्रदायकबाट र ११ प्रतिशत दूरसञ्चार तथा मोबाइल सेवाप्रदायकबाट हुने गरेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३