close

नेपालमा इन्टरनेट खपतः बेलुकी ८ देखि १० बजेको बीचमा सबैभन्दा धेरै

टेकपाना टेकपाना

असार २३, २०७७ १४:९

नेपालमा इन्टरनेट खपतः बेलुकी ८ देखि १० बजेको बीचमा सबैभन्दा धेरै

काठमाडौं । नेपालमा बेलुकाको समयमा इन्टरनेटको खपत सबैभन्दा धेरै हुने गरेको पाइएको छ । विशेष गरी बेलुका ८ बजेदेखि १० बजे रातीसम्मको समयमा नेपालमा इन्टरनेटको खपत उच्च मात्रामा हुने देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा प्रविधि पत्रकार मञ्जले मंगलबार आयोजना गरेको वेबनार कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देशक बिजयकुमार रोयले बेलुका ८ देखि १० बजेसम्म इन्टरनेट खपत सबैभन्दा धरै हुने गरेको बताए ।

त्यस्तै बिहान ९ देखि १० बजेसम्म पनि इन्टरनेट खपत सामान्यभन्दा उच्च हुने गरेको उनको भनाई छ । तर, दिउँसको १२ देखि १ बजेसम्मको समयमा भने इन्टरनेटको प्रयोग सबैभन्दा कम हुने तथ्याङ्कले देखाएको छ ।

यो समयमा धेरै जसो प्रयोगकर्ताको खाजा तथ खाना खाने समय पर्ने भएकाले पनि यस्तो भएको हुनसक्ने रोय बताउँछन् । उनका अनुसार साँझ ४ देखि ६ बजे कार्यालयको काम सकेर घर फिर्कने समय पर्ने भएकाले इन्टरनेटको खपत कम हुने गरेको हो ।

यद्यपी राती दुई बजेदेखि पाँच बजेको बीचमा अरुसमयको तुलनामा निकै थोरै ब्याण्डविथ खपत हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३