close

नेपालमा लकडाउनको समयमा शतप्रतिशत बढ्यो टिकटकको प्रयोग

टेकपाना टेकपाना

असार २३, २०७७ १३:३९

नेपालमा लकडाउनको समयमा शतप्रतिशत बढ्यो टिकटकको प्रयोग

काठमाडौं । नेपालमा लकडाउनका कारण टिकटकको प्रयोग ह्वात्तै बढेको पाइएको छ । मंगलबार प्रविधि पत्रकार मञ्चले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा प्रस्तुति दिने क्रममा नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड अफ डाइरेक्टर समित जन थिङले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समेत रहेका उनले लकडाउन अवधिमा टिकटकको प्रयोग शतप्रतिशतले वृद्धि भएकाे बताए । उनले भने, ‘लकडाउनअघि नेपालमा टिकटकमा ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको थियो । तर लकडाउनमा यसको प्रयोग बढेर १३ जीबीपीएस पुगेको छ ।’

लकडाउनको समयमा उल्लेख रुपमा प्रयोग बढ्नेमा अनलाइन गेम समेत रहेका छन् । थिङका अनुसार लकडाउन अघिको तुलनामा गेम खेल्ने र फिल्म हेर्ने कार्यमा पनि शतप्रतिशतले बढेका छन् ।

अनलाइन गेममा खपत हुने इन्टरनेट ब्याण्डविथ तीन जीबीपीएसबाट बढेर ७ जीबीपीएस पुगेको छ । त्यस्तै, नेटफ्लिक्समार्फत फिल्म हर्नेको संख्यामा पनि सत प्रतिशत बृद्धि भएको छ ।

लकडाउन अघि ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत भइरहेको नेटफ्लिक्समा लकडाउन सुरु भएपछि भने १३ जीबीपीएस पुगेको छ । थिङका अनुसार नेपालमा सबैभन्दा बढी ब्याण्डविथ खपत गर्नेमा भने गूगल रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३