close

भिभोको नयाँ स्मार्टफोन वाई थर्टी नेपाली बजारमा, यस्तो छ मूल्य अनि फिचर

टेकपाना टेकपाना

असार २३, २०७७ १८:१७

भिभोको नयाँ स्मार्टफोन वाई थर्टी नेपाली बजारमा, यस्तो छ मूल्य अनि फिचर

काठमाडौं । भिभोले मंगलबार नेपालमा आफ्नो नयाँ फोन वाई थर्टी मोडल सार्वजनिक गरेको छ । गत मे महिनामा पहिलो पटक मलेसियामा सार्वजनिक भएको यो फोन लामो प्रतिक्षा पछि नेपाल भित्रिएको हो । 

नेपालमा यो फोन दुई मोडल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमध्ये चार जीबी र्‍याम प्लस ६४ जीबी स्टोरेजको फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ भने चार जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २७ हजार ९९९ रहेको छ । 

यो फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप रहेको छ । क्यामेराको कुरा गर्दा यसमा पछाडि भागमा चारवटा क्यामेरा रहेका छन् । जसमा १३ मेगापिक्सल, ८ मेगापिक्सेल र २/२ मेगापिक्सेलका क्यामेरा रहेका छन्  । 

यी चारवटै क्यामेरामा एआई सपोर्ट रहेको कम्पनीको दाबी छ । यस्तै यसको अगाडि भागमा आठ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा सेक्युरिटीका लागि रियर फिंगरप्रिन्ट र फेस रिकग्निसन रहेको छ ।  

भिभो वाई थर्टीको स्क्रीनको कुरा गर्दा यसको माथिल्लो कुनामा सानो पञ्च होल क्यामेरा रहेको छ ।  ६.४७ इञ्चको डिस्प्ले रहेको यो फोनमा १५६० बाई ७२० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ । 

फोनको सफ्टवेयरको बारेमा कुरा गर्दा यसमा अक्टा कोर मिडियाटेक हेलियो पी थर्टी फाइभ (एमटी ६७६५) प्रोसेसर चिप रहेको छ । बजेट सेग्मेन्टको यो फोनलाई आई भ्यू डिस्प्ले, एआई क्वाड क्यामेरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअपले यो फोनलाई उत्कृष्ट बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३